Aamsanchar

किन बुढानिलकण्ठ मन्दिरमा अहिलेसम्म कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेनन् ? यस्तो छ कारण

Author Image
मङ्गलवार, चैत १, २०७३

काठमाडौं ,

बुढानीलकण्ठ नेपालको प्रसिद्ध तीर्थस्थल हो। यो काठमाडौं उपत्यकाको उत्तर तर्फ शिवपुरी डाँडाँको काखमा रहेको छ । यस मन्दिरमा हरिबोधनी अर्थात ठूलो एकादशीको दिन ठूलो मेला लाग्ने गरेको छ ।

असार महिनामा पर्ने हरिशयनी एकादशीमा सुतेका भगवान विष्णु भगवान निद्राबाट ब्युँझने र संसार नियाल्ने धार्मिक विस्वासकै कारण यसदिन त्यस ठाँउमा मेला लाग्ने गरेको हो ।

बुढानिलकण्ठ मन्दिरमा कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेनन् 

बुढानिलकण्ठ मन्दिरमा अहिलेसम्म कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेका छैन्न । यसको भने पौराणिक कथा नै रहेको छ । द्धावापर युगमा सूर्यकेतु नामको राज शिवपुरी नगरिमा राज्य गर्दथ्ये । उनि प्रत्येक दिन भगवानको दर्शन गर्न जाने गर्दथ्ये ।

उनि बिस्तारै बिस्तरै वृद्ध भए कमजोर भए तयसपछि उनले एकदिन भगवानसँग प्रथना गरे प्रभु म अब यहाँ प्रत्येक दिन आउन सक्ने अवस्था छैन म अब आफ्नै नगरिमा प्राण त्याग गर्नेछु भन्दै भगवानको सेवागरेपछि भगवान प्रसन्न भएर उनलाई तिमी जाउ म भोली तिम्रै नगरीमा दर्शन दिनेछु भने राजा आफ्नै शहर फर्किएपछि बिष्णुले  विश्वकर्मालार्इ बोलाएर यस मुर्तीको निमार्णको लागि भनेपछि मूर्ती निर्माण भयो ।

राजा भोलीपल्ट दर्शन गर्न भनि जादाँ राजालाई चित्त बुझेन र विवाद भयो तयसपछि भगवानले त्यसोभए जाँउ तिम्रो कोहि सन्ताले पनि यहाँ दर्शन गर्ने छैन भनि श्राप दिनुभयो त्यसै कारण पनि बुढानिलकण्ठ मन्दिरमा अहिलेसम्म कुनै राजाले प्रवेश गर्ने हिम्मत गरेका छैनन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर