Aamsanchar

‘जोगाउनु छ कालापानी’ भन्दै पशुपति शर्मा र कला पंगेनी (भिडियो)

Author Image
मङ्गलवार, चैत १, २०७३

काठमाडौं ,

चर्चित लोक गायक पशुपति शर्मा र कला पंगेनीको संयुक्त आवाजमा ‘जोगाउनु छ कालापानी’ बोलको गीत सार्वजनिक भएको छ । साहित्यकार दुर्गा पंगेनीको शब्दसंयोजन रहेको गीतमा नेपालको वर्तमान अवस्थाबारे चित्रण गरिएको छ ।

भारतले सीमा मिचेको विषयमा तयार पारिएको गीतको भिडियो युट्युवबाट सार्वजनिक गरिएको छ । शंकर बिसीको निर्देशनमा बनेको गीतको भिडियोमा गायक पशुपति शर्मा तथा कला पंगेनीसँगै विपेश घिमिरे, बिनु खड्का, भटभटे माइलालगायतको अभिनय छ । सुरज श्रेष्ठले छायांकन गरेको गीतको भिडियो दुर्गा पंगेनीले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 293

प्रतिक्रिया (०)

सम्बन्धित खबर