Aamsanchar

‘’सोनियाको ओठमा नशालु नजर लाउने को होला’’

Author Image
बुधवार, चैत २, २०७३

भरत शिवाकोटी,

 

काठमाडौं दहचोक निवासी पिता मेघराज जी. आर. र माता दिलमायाकि पहिलो सन्तानका रुपमा जन्म भएकी सोनियाजी. आर. सानै उमेरदेखि कलाकारिता क्षेत्र प्रति आकर्षित हुँदै अभिनय गर्न रुचाउथिन |

सन् २००८ मा फिल्म डाइरेक्टर श्याम भटटराई सँग एक्टिंग क्लास लिएर कलाकारिता क्षेत्रमा प्रवेश गरेकी सोनिया निरन्तर यो क्षेत्रमा लागिरहेकी छन |

सानै उमेरदेखि कलाकारितामा चाख बोकेकी उनी टिन एजमै विभिन्न म्युजिक भिडियोमा मात्र छाईनन नेपाली चलचित्र क्षेत्रमा नायीकाको भूमिका समेत निर्वाह गरिसकेकी छन | यिनै सोनिया आफ्नो जीवन्त अभिनयका कारण  म्युजिक भिडियो मार्फत दर्शक तथा श्रोता माझ निक्कै चर्चित एवं लोकप्रिय बन्दै गइरहेकी छन |

फोटोसुट तथा परोपकारको काममा समेत व्यस्त रहदै आएकी सोनिया अभिनित म्युजिक भिडियो गीत ‘’ “बुटोल बजार’’ गत १० मार्च २०१७ मा युटयूव मार्फत सार्वजनिक भएको छ | मायामा एक अर्कालाई विश्वास दिलाउन भरमग्दुर प्रयास गरिएको उक्त गीतमा लक्ष्मण नेपाली, सरिता परियारर अमृत  लुवागुनको स्वर रहेको छ भने शब्द तथा संगीत लक्ष्मण नेपाली को नै रहेको छ | सोनिया जी आर, लक्ष्मण नेपाली र शेर बहादुर तामाङको बेजोड अभिनय रहेको गीतको निर्देशन तथा सम्पादन जी. सी. दिप सागरले गरेका हुन भने सिमरान म्युजिक ले उक्त गीत बजारमा ल्याएको हो |

ब्यस्त समयका कारण धेरै पछी दर्शक तथा श्रोता माझ आएको गित “बुटोल बजार’’ बच्चा देखि युवा र वृद्द सम्म सबैले मन पराउने र सफलता मिल्ने विश्वास व्यक्त गर्दै सोनियाले गीतमा लोकपप रिमिक्सले मिठास भरेको हुदा एकपटक सबै दर्शक तथा श्रोतालाई हेरेर एवं सुनेर प्रतिक्रिया दिन आग्रह गरेकी छिन |

https://www.youtube.com/watch?v=RNwGdfWwBgY

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर