Aamsanchar

समस्याका बीच पनि शिक्षा प्रदान गर्न लागेका छौं

Author Image
बिहिवार, चैत ३, २०७३

बुबा स्व. धरणीधर भण्डारी र आमा मन कुमारी भण्डारीको साइलो सुपुत्र हुन् जय प्रकाश भण्डारी । २९ वर्ष सम्म लामो शिक्षण पेशा समालिसकेका र समाल्दै गरेका भण्डारी अर्जुनधारा नगरपालिका –३ को पुरानो पाठशाला भनेर चिनिने जनता उ.मा.वि.मा प्रध्यानध्यापक पदको जिम्मेवारीमा रहेका छन् । भण्डारीले प्र.अ. जिम्मेवारी लिएपछि विद्यालयको शैक्षिक गुणस्तर बढदै गएको भन्छन् स्थानीयबासी । जनता उच्च मा.वि.को शैक्षिक क्षेत्रमा देखिएका परिवर्तनका संकेत, वर्तमान समस्या सहित विद्यालयका चुनौतीका बारेमा आमसंञ्चारकर्मी सागर गौतमल भण्डारीसँग कुराकानी गरेका छन् ।
१.जनता उच्च माध्यामिक विद्यालय पुरानो पाठशाला भनेर चिनिन्छ,अहिले के गदै छ ?
अहिले नर्सरी देखि ८ कक्षासम्म अग्रेजी माध्यममा पठनपाठन भैइरहेको छ । नेपाली माध्यममा भने बालशिक्षा देखि १२ कक्षासम्म पठनपाठन गरिरहेको छ ।

हाम्रो विद्यालयमा सरकारी शिक्षक दरबन्दीका १९ जना रहेका छौं । निजि स्रोतमा १३ शिक्षक कर्मचारी सहित २ जना परिचर रहेका छन् । विद्यार्थी संख्याको कुरा गर्दा १ हजार १६ रहेका छन् । १ पिरेडमा संञ्चालन हुने कक्षा २६ वटा हुन्छन्,जसमा अग्रेजीमा १२ वटा नेपाली १४ वटा कक्षा संञ्चालन हुदै आएका छन् ।
२. विद्यालयमा व्यवस्थापन के चाहि सुधार गर्नुपर्ने आवश्यक छ ?
हामीमा भौतिक समस्या देखिन्छ,एउट्रा कक्षालाई दुईवटा कोठा बनाउनु पर्ने विद्यार्थीको संख्या अत्याधिक भएर निशासिने अवस्था छ । विद्यार्थी संख्या ज्यादै बढी भएकाले चर्पीको समस्या,विद्यार्थी बस्ने फर्नीचरको अभाव,निजीमा शिक्षक अत्याधिक भएकाले आर्थीक भार थाम्न कठिनाई हाम्रा सामू छन् ।

विद्यालयलाई अति आवश्यक पर्ने शैक्षिक साम्रागी प्रोजेक्टर सहित कम्युटर साम्रागी अभावले पठनपाठनमा जटिलता पैदा गरिरहेको छ । निजी स्रोतको शिक्षकलाई तालिमको अभाव देखिन्छ । विषयस्तुको ज्ञान भएपनि पढाउने प्रविधिमा कठिनाई,विज्ञान प्रयोगशालाको अभाव,मा.वि.उच्च मा.वि.को लागि पुस्तकालयको अभाव सहित एउटै शिक्षकलाई ५ देखि ७ पिरेड पढाउनुपनर््े अवस्था वर्तमान रहिरहेको छ । शिक्षक संख्या कम भएकाले यो समस्या हामीले भोग्नु परेको हो ।

३.विद्यालयका समस्याहरु अहिले के देखिन्छ पो ?
जिल्ला शिक्षा कार्यालयको सहयोगमा भौतिक सुधार कार्यक्रम चारकोठे भवन स्विकृत भैइसकेको छ । अब चाँडै बन्न सुरुवात हुनेछ । अर्जुनधारा वडा संयुक्त कार्यालय अन्तर्गतको ६० हजार रकम छुटयाएको छ ।

यसबाट फर्निचर सुधार गरिनेछ । जिल्ला खानेपानी तथा सरसफाई कार्यक्रमबाट १८ लाखको लागत बराबरको व्यवस्थित चर्पी बनाउने आश्वसन आएको छ । फास्ट्र ट्रयाक कार्यक्रम अन्तर्गत आश्वासन भएको छ । विद्यार्थीको यातायात व्यवस्थापनको लागि २ वटा बस प्रपोजलको प्रक्रियामा छ । युएनसीआरको सहयोगमा आठ कोठाको भवनको लागि ६६ लाखको लागत बराबरको काम गर्ने अघि बढेका छौं ।

सन २०१६ सम्ममा यो कार्यक्रम अघि बढ्ने आश्वासन पनि आइरहेको छ । विभिन्न सामुदायिक वनमा जस्तै जुकेखाडी सामुदायिक उपभोतmा समूहमा १२ क्यू.फि.काठ उपलब्ध गराएको छ । शान्ति सामुदायिक वनबाट पनि साढे १९ क्यू.फि. मध्ये ९ क्यू.फि अनुदान स्वरुप अन्य सस्तो दरमा उपलब्ध गराएको छ ।

दाहालटार सामुदायिक वनले १५ क्यू.फि. अनुदान दिने निर्णय गरेको छ । त्यस्तै सुखानी सामुदायिक वनमा काठ लिने विषयमा कुरा भैइरहेको छ । २०७३ बैशाखमा १ सय ५० जोर डेक्स बेन्च विद्यार्थीहरुलाई निर्माण गरिने छ । निजी दरबन्दीको शिक्षकलाई समेत डेसको व्यवस्था सहित बालशिक्षा नर्सरी,युकेजी एलकेजी सम्मका विद्यार्थीहरुलाई खाजाको व्यवस्था गरिने छ । सो तहमा अध्यायपन गराउने शिक्षक शिक्षिकाहरुलाई पनि खाजाको व्यवस्था गराउने यही शैक्षिक सत्रभित्र पेलेजोन निर्माण समेत गरिनेछ ।
४.विद्यालयका प्राथामिकता के हुन् ?
सस्तो सुलभ दरमा अग्रेजी माध्यममा शिक्षण प्रदान गर्ने,जसमा निरन्तर मूल्याङ्कन प्रक्रियालाइ बढी प्राथामिकता दिएको छ । क्रियाकलाप मुखी शिक्षण पद्धती,कक्षा कार्य र गृहकार्यलाई बढी प्राथामिकता दिइएको छ ।

शिक्षक विद्यार्थी समय पालना बढी प्राथामिकता दिएको छ । विद्यालयमा शैक्षिक साम्रागीको व्यवस्थापनमा बढी प्राथामिकता दिएको छ । सरसफाई र हरियाली वातावरण अन्तर्गत एक विद्यार्थी १ गमला कार्यक्रम विद्यालय वरिपरि गरिने छ । अतिरितm क्रियकलापमा माध्यमद्धारा विद्यालयका विद्याथीको चौतर्फी विकास गर्ने कार्यक्रममा कक्षाकोठा भित्र खानेपानीको व्यवस्थापन बालशिक्षा र नर्सरी विद्यार्थीहरुलाई सुताउने बेडको व्यवस्था गरिने छ । त्यसैगरी नर्सरी,एलकेजीका विद्यार्थीहरुलाई मन्टेशोरी पद्धतीबाट शिक्षण सिकाई गर्न कार्यक्रम छन् ।
५. विद्यालयले अघि सारेका सोच अति सुन्दर छन् महत्वकाक्षी त नहोलान नि ?
पूरै श्रोत साधनको अभाव,दाताहरुको खोजी सबै तह तप्काबाट सहयोग भए पुरा हुन्छ,मैले आफनो विचार राखेको होइन । विद्यालयले अब दिर्घकालिन ढङ्गले सोच्दै जाने छ । अभिभावक सहयोगले अग्रेजी पठनपाठनमा सहज भएको छ । असहजतालाई सहजता बनाउँदै जानेछौ ।
६. अब श्रोत,साधनको चुनौतीका संम्भावना पनि उतिकै छन् होला ?
अवसर भित्र चुनौति त हुने भैइहाल्यो,संम्भावनाका ढोका हामीले खोल्दै गएका छौ,खोल्दै अघि बढने छौं । हाम्रा अभिभावक वर्गको अत्यन्तै उत्साह छ,यो उत्साहलाई ध्यान दिदै श्रोत साधन व्यवस्थापन गर्न संक्रिय भएर लागि परेका छौं ।
७. तपाई जनता उमाविको प्रध्यानध्यापक भएको १ वर्षभन्दा बढि भयो के कुरामा सुधार भएको ठान्नुहुन्छ ?
अभिभावक,विद्यालय व्यवस्थापन समिति सहित शिक्षक,विद्यार्थी,आम नागरिक वर्गहरुबाट अत्यन्तै सहयोग मिलेर यो सफलता मिलेको हो । शैक्षिक सुधार भएको छ । विद्यार्थी संख्या वृद्धि गर्ने सफल भएका छौं । समयमा विद्यालय लगाउँने र समयमा विदा हुने अवस्था सिर्जना भएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटिरहेको अवस्थामा निजि विद्यालयको बढदो अवस्था थियो । तर जनता उमाविमा निजी विद्यालयबाट बहुसंख्य विद्यार्थी पठनपाठन गर्ने आए यसलाई एउटा उपलब्धीको रुपमा ठानेका छौं ।
८.अन्त्यमा सबैमा के सूचना प्रवाह गर्ने चाहनुहुन्छ ?
वर्तमानमा विद्यालयमा अभिभावकको उपस्थिती न्युन पाइएको छ । बृद्धि भइदिए अत्यन्तै राम्रो हुन्थ्यो । सरकारी विद्यालय प्रति राज्य उदासिन हुनु भएन । गभिर हुनु पर्यो ।

विद्यालय छनोट गरेर राम्रा विद्यालयलाई सरकारले सहयोग गर्नुपर्छ । आगामी शैक्षिक सत्रमा प्रवेश परिक्षा लिएर मात्र भर्ना गर्न प्रक्रिया अगाडि बढाउने छौं । विद्यार्थीको चाप अत्यन्तै बढी भएकाले यसो गर्ने लागिएको हो । सबैले बुझ्नु जरुरी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर