Aamsanchar

महिलालाई उद्यमी बनाउन घरको साथ र सरल व्याजमा ऋण चाहिन्छ: गोमा भट्टराई

Author Image
शुक्रवार, चैत ४, २०७३

तपाईंले नेतृत्व गर्नुभएको संस्थाको उद्देश्य के हो ?
– नेपाल सरकारको नीतिको अधिनमा रही यस क्षेत्रमा छरिएर रहेका महिला उद्यमीहरुलाई संगठित गर्ने, उद्योग सञ्चालनमा प्रोत्साहन गर्ने, उत्पादित वस्तुहरुको बजारीकरण गर्न सहयोग गर्ने संस्थाको उद्देश्य रहेको छ । त्यस्तै, वस्तु तथा सेवाको गुणस्तर विकासका लागि तालिम सञ्चालन गर्ने र नयाँ उद्यमी बन्न महिलाहरुलाई प्रेरित गर्ने पनि संस्थाको उद्देश्य रहेको छ ।
उद्देश्य अनुरुप हालसम्म के काम गर्नुभयो ?
– महिला उद्यमी संघ नेपाल झापा भर्खरै मात्र स्थापित हुँदै गरेको संस्था हो । शुरुवाती अवस्थादेखि नै महिला उद्यमीहरुलाई संगठित गर्ने, महिला उद्यमी महासंघबाट सञ्चालिन प्रदर्शनीहरुमा सहभागी भई झापामा उत्पादित वस्तुहरु चिया, सुपारीका पातबाट निर्मित टपरी, बाँसका जराबाट निर्माण सामग्री, मह, ढाका साथै महिला उद्यमीहरुले उत्पादन गरेका खाद्य सामग्रीहरुको प्रदर्शनी र बजारीकरणमा सहयोग गरेका छौं । वस्तु तथा सेवाको गुणस्तर वृद्धिका लागि महिला उद्यमीहरुलाई तालिमको व्यवस्था गरेका छौं ।
महिला उद्यमीहरुको अवस्था के छ ?
– महिलाहरु आफैं आर्थिक उपार्जन गर्नुपर्दछ भन्ने चेतनाको कमी छ । तथ्यांकीय आधारमा भन्न सकिने आधारहरु छैनन् । कति महिलाहरु झापामा उद्यमी बनेका छन् । महिलाहरुले ठूलो जिम्मेवारी बहन गर्नुपर्दछ । जसमा घरपरिवार, प्रजननका कार्यहरु बच्चा हुर्काउने साथै उद्यम सञ्चालन जस्ता चुनौतिपूर्ण कार्य गरे सहज छैन । उद्यम सञ्चालन गर्न रकम अभाव, सहज वस्तु उत्पादन, बजारीकरण जस्ता अप्ठ्यारो स्थिति छ । यी विविध कारणले गर्दा महिलाहरुको अवस्था सहज छैन ।
महिलालाई उद्यमी बनाउन के गर्नुपर्ला ?
– महिलाहरुलाई उद्यमी बनाउनका लागि सर्वप्रथम घरपरिवारको साथ र उच्च इच्छाशक्ति चाहिन्छ । यसको अलवा वित्तीय संस्थामा कम ब्याजदरमा सहज तरिकाले रकम उपलब्ध गराउनु पर्दछ । राज्यले दिइएका सेवासुविधा, अनुदान जस्तै पशुपालन, तरकारी खेती, उद्योग दर्तामा हुने छुट आदिमा महिलाको सहज पहुँच हुनुपर्दछ । राज्यका नीति निर्माणमा हाम्रा समस्याका मुद्दाहरुलाई पनि उठाउनु पर्दछ । सबै पक्षबाट सरसहयोग भएमा महिलाहरु उद्यमी बन्दछन् ।
उद्यमशील महिला महासंघ पनि छ झापामा । यो संस्था र तपाईंको संस्थाबीचको अन्तर के छ ?
– हो, झापामा अर्को संस्था उद्यमशील महिला महासंघ पनि छ । यो महिलाहरुको हितका लागि नै खुलेको संस्था हो । महिलाहरुका आर्थिक सशक्तिकरण हुनका लागि यस्ता संस्थाहरु हुनु जरुरी छ । म त भन्छु महिलाहरुका क्षमता अभिवृद्धि गर्न यस्त प्रकृतिका यस्ता धेरै संस्था भए सजिलो हुन्छ । यो अझ खुशीको कुरा हो । हाम्रा दुबै संस्थाका साझा एजेण्डा छन् ।
यी काम र उद्देश्य पूरा गर्न एउटै संस्था भए पुग्ने थिएन र ?
– मैले माथि नै भनिसके महिलाहरुलाई उद्यमी बनाउने, सीप क्षमतामा अभिवृद्धि गर्ने यस्ता प्रकृतिका संस्थाहरु झापामा अझ आवश्यक छ । जति धेरै संस्था हुन्छन् महिलाहरु अझ संगठित हुँदै जान्छन् ।
तपाईंको संस्थाको अबको कार्य योजना के छ ?
– हाम्रो संस्थाले अबका दिनमा अझ सदस्य बिस्तार गर्ने, सिपमुलक कार्यक्रम ल्याउने, उद्यम प्रवद्र्धनका तालिम ल्याउने र यसको बजारीकरणमा अझ सघाऊ पु¥याउने योजना छ ।
हाल के व्यवसायमा आवद्ध हुनुहुन्छ ?
– म व्यवसायी हुँ, शनिश्चरे रोडस्थित प्रगति पुस्तक भण्डार नामको पुस्तक पसल छ ।
उद्यम व्यवसायमा महिलाको भविष्य कस्तो छ ?
– उद्यम व्यवसायमा महिलाहरु न्यूनरुपमा लाग्नु भएता पनि भविष्य भने उज्वल छ । मिडियाहरुले पनि यसमा ठूलो सहयोग पु¥याएको महशुस मैले गरेकी छु । महिलाहरुमा असल र सफल व्यवस्थापन हुने गुणहरु हुन्छ । त्यसकारण उद्यम गरिरहेका र गर्न चाहनु हुने महिलाहरुको पनि भविष्य उज्ज्वल देख्छु ।
वीरता लेडी जेसीजको महासचिव, व्यवसाय, घरपरिवार अनि यो संस्थाको नेतृत्वकर्ता हु“दा समय व्यवस्थापन कसरी गर्नुभएको छ ?
– सबैभन्दा ठूलो कुरा मान्छेको इच्छाशक्ति रहेछ । त्यसमा पनि परिवारको सरसहयोग महिलाका लागि एकदम नै जरुरी छ । जसमा मेरो श्रीमान्को ठूलो सहयोग छ । मेरो दुबै छोरीहरु दुबै संस्थाका साथीहरुको साथ र व्यवसायमा सघाऊ पु¥याउने भाइहरुको ठूलो सहयोग छ । समयलाई व्यवस्थापन गर्दै विद्यार्थी जीवनलाई पनि अगाडि बढाइरहेकी छु । यसमा सबै जनाको ठूलो सहयोग छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर