Aamsanchar

उद्यमशील महिला महासंघ स्वतन्त्र संस्था हो: पार्वता खरेल विमली

Author Image
शुक्रवार, चैत ४, २०७३

तपाईंले नेतृत्व गर्नुभएको संस्थाको उद्देश्य के हो ?
– यो संस्था मुनाफारहीत जनहितकारी सामाजिक संस्था हो । उद्यमी महिलाहरुको हकहितको संरक्षण गरी उनीहरुको व्यवसायिक विकासका लागि आर्थिक सामाजिक क्षेत्रगत विकासका साथै उद्यमी महिलाहरुमा एकआपसमा एकता मैत्रीपूर्ण सद्भाव कायम गर्ने संस्थाको उद्देश्य रहेको छ । अन्य प्रतिफलमुखी व्यवसायीको रुपमा काम गर्दै संस्थाले गरेको उत्पादनलाई विश्व बजारसम्म पु¥याउने समेत संस्थाको उद्देश्य रहेको छ ।
उद्देश्य अनुरुप हालसम्म के–के काम गर्नुभयो ?
– हामीले शुरुवातमा सामाजिक कामको थालनी ग¥यांै । संस्था भर्खरैमात्र गठन भएकोले कुनै ठूलो काम त गर्न सकेका छैनांै । तेह्रथुमको आठराईमा अग्निपीडितका लागि राहत संकलन गरेर केही रकम उपलब्ध गरायौं । जिल्लामा रहेका विभिन्न पेशामा आबद्ध उद्यमी दिदी–बहिनीहरुको सहभागितामा नगरपालिका, गाउँपालिकामा संस्था गठन गर्ने कार्यको थालनी हुँदैछ ।
महिला उद्यमीहरुको अवस्था के छ ?
– महिला उद्यमीको अवस्था अहिले सामान्य छ । आफ्नै लगानीमा सञ्चालन गरिएका विभिन्न पेशा, उद्योगमा आबद्ध उद्यमी महिलाहरु व्यवसायिक हुनसकेका छैनन् ।
महिलालाई उद्यमी बनाउन के गर्नुपर्ला ?
– सर्वप्रथम त महिलाहरुमा इच्छाशक्ति हुनुप¥यो । क्षमता र सिपको विकास हुन जरुरी छ । व्यवसाय अनुसारको आर्थिक स्रोत, बजारको राम्रो ज्ञान, साथै व्यवसायलाई निरन्तररुपमा परिचालन गरी व्यवसायिक बन्न सक्नुपर्छ अनि मात्रै उद्यमी बन्न सकिन्छ ।
महिला उद्यमी संघ पनि छ झापामा । यो संस्था र तपाईंको संस्थाबीचको अन्तर के छ ?
– महिला उद्यमी संघ भनेको मैले बुझे अनुसार उद्योग वाणिज्य महासंघ अन्तर्गत केन्द्र, जिल्ला उद्योग वाणिज्य संघ, नगर, शाखा, वाणिज्य संघहरुमा आबद्ध यही उद्योग वाणिज्य महासंघ मार्फत सञ्चालन गरिएका महिला उद्यमीहरुको संस्था हो । यो संस्था नेपाल उद्योग वाणिज्य महासंघको विधानमा रही सञ्चालनमा रहेको छ । नेपाल उद्यमशील महिला महासंघ चाहिँ आफ्नै विधानमा दर्ता भई एउटा स्वतन्त्र संस्थाको रुपमा सञ्चालन भएको छ । यसका आफ्नै जिल्ला, शाखा, नगर, गाउँ, समितिहरु गठन भइरहेको छ । यसको नेपाल सरकारसँग आफ्नै पहिचानमा दर्ता भई देशभरका उद्यमी महिलाहरुलाई संगठित गरी महिला उद्यमीहरुको हकहित र अधिकारका लागि नेपाल सरकारका विभिन्न निकायहरुसँग सहकार्य गरी अगाडि बढेको छ ।
यी काम र उद्देश्य पूरा गर्न एउटै संस्था भए पुग्ने थिएन र ?
– अवश्य हुने थियो । तर, नेपाल सरकारमा दर्ता भएको नेपाल उद्यमशील महिला महासंघ एउटा मात्रै संस्था हो । यो संस्था विधानमा उद्देश्य स्पष्टसँग लेखिएर उद्यमी महिलाहरुको हक अधिकारका लागि सधैं लागिरहने छ । यस्तो उद्देश्य बोकी दर्ता भएको संस्था मलाई थाह भएसम्म एउटा मात्रै हुनुपर्दछ ।
तपाईंको संस्थाको अबको कार्य योजना के छ ?
– अबको योजना भनेको, तालीम, भेला, गोष्ठी गर्ने साथै सदस्यता बिस्तार गर्ने अनि उद्यमी महिलाहरुलाई सक्रिय बनाएर उनीहरुको सिपलाई व्यवहारमा उतारेर, उत्पादन गरेका वस्तुहरुलाई बजारसम्म लैजाने योजना छ ।
हाल के व्यावसायमा आवद्ध हुनुहुन्छ ?
– म एउटा गृहिणी अनि व्यवसायी पनि हुन । म अलैंचीको व्यवसाय गर्ने भएकोले महिला दिदी–बहिनीहरु ३०÷३५ जनालाई अलैंची कटिङमा रोजगार दिएर उद्योग सञ्चालन भइरहेको छ ।
तपाईंले वीरता लेडी जेसीजको नेतृत्व सम्हाली सक्नुभएको छ । जेसीज र अरु संस्थाको नेतृत्व गर्दा के फरक पाउनुभयो ?
– जेसीजको मुख्य काम नेतृत्व र व्यक्तित्व विकास मुख्य काम हो । मैंले यही मन्त्रलाई आधारमानी विभिन्न सामाजिक काम पनि गरे । जेसीज बिर्तामोडको पेरीफेरिमा सिमिति भएका कारण काम गर्न सजिलो भएको महशुस भयो । तर, उद्यमशील महिला महासंघ चाहिँ जिल्लाभरि नै भएका कारण सम्पूर्ण झापा जिल्लाका उद्यमी महिलाहरुलाई समेट्नु परेकोले नगर, गाउँ, समिति बिस्तार गरी धेरै काम गर्नुपर्ने हुन्छ । त्यसैले विभिन्न गतिविधि विभिन्न ठाउँमा गर्नुपर्ने भएकाले धेरै चुनौति छन् जस्तो मलाई लाग्छ ।
उद्यम व्यवसायमा महिलाको भविश्य कस्तो छ ?
– उद्यमी महिलाहरुको भविष्य एकदमै राम्रो छ । वर्तमान अवस्थामा उद्यमी महिलाहरुलाई राज्यले सकारात्मक रुपमा हेरेको हुनाले सम्पूर्ण उद्यमी महिलाहरुलाई प्रेरणा मिलेको छ । अब राज्यले सहुलियत ऋण र अनुदानको व्यवस्था गर्नुका साथै महिला उद्यमीबाट उत्पादित वस्तु सामग्रीहरु हरेक जिल्ला, नगर, गाउँमा खरिद–बिक्री केन्द्र राखेर महिला उद्यमीहरुलाई हौसला बढाउने कार्य भयो भने उनीहरुको भविष्य राम्रो हुन्छ जस्तो मलाई लाग्छ ।
अन्य संघ–संस्थाको जिम्मेवारी, व्यवसाय, घरपरिवार अनि यो संस्थाको नेतृत्वकर्ता हु“दा समय व्यवस्थापन कसरी गर्नुभएको छ ?
– सर्वप्रथम त मैले घरलाई प्राथमिकता दिएको छु । यसपछि मात्रै संघ–संस्थाको जिम्मेवारी पूरा गर्छु । मैले गर्नुपर्ने जिम्मेवारी पूरा गर्नका लागि मेरो श्रीमान्, घरपरिवार साथै सहयोगी दिदी–बहिनी, भाइहरु हुनुहुन्छ । म घरमा नभएको अवस्थामा उहाँहरुले नै सम्पूर्ण कारोबार जिम्मा लिनुभएको हुन्छ । एउटा सिष्टममा चलेको छ । विशेष गरेर मेरो श्रीमान्बाट नै मलाई धेरै समय मिलेको हुन्छ । त्यसैले व्यवस्थापन गर्नका लागि सजिलो भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)