Aamsanchar

इटहरी गोल्डकपको उपाधि काँकडभिट्टालाई

Author Image
शुक्रवार, चैत ४, २०७३

इटहरी।

इटहरीको जनता खेल मैदानमा सम्पन्न भएको ११ औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि डिफेन्डिङ च्याम्पियन काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले जितेको छ ।

शसस्त्र प्रहरीको एपिएफलाई शुन्यका विरुद्ध एक गोलका अन्तरले पराजित गर्दै काँकडभिट्टाले उपाधि जितेको हो । काँकडभिट्टाको जितमा खेलको ४९ औँ मिनेटमा विदेशी खेलाडी पिटरले गरेको गोल नै प्रतियोगिताको निर्णायक बन्यो ।

विजेता टिमले रु दुई लाख ट्रफी तथा उपविजेता एपिएफले रु एक लाख प्राप्त गरेको छ । बिजेता टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नगद तथा ट्रफि प्रदान गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर