Aamsanchar

पशुपालक किसानलाई अनुदान

Author Image
शुक्रवार, चैत ४, २०७३

झापा ।

युवा किसानलाई पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले यहाँका ९७ किसानलाई रू ८० लाख अनुदान प्रदान गरिने भएको छ ।

गाईपालन, भैँसीपालन, बङ्गुरपालन, बाख्रापालन, घाँसखेतीलगायत कामका लागि सो अनुदान दिन लागिएको जिल्ला पशुसेवा कार्यालयका सूचना अधिकृत कुमारसिंह खत्रीले.जानकारी दिनुभयो ।

किसानलाई रू एक हजारदेखि रू तीन लाख ५० हजारसम्म अनुदान प्रदान गर्न लागिएको हो । पशुसेवा प्रसार कार्यक्रमअन्तर्गत गोठ तथा खोर निर्माणका लागि आठवटा गाईभैँसी फार्म र चारवटा बाख्रा फर्मलाई रू एक लाखका दरले अनुदान दिइने भएको छ ।

त्यस्तै दुईवटा कृषि÷पशु सहकारी संस्था समूहलाई रू दुई लाख, बाख्रा प्रबद्र्धन राष्ट्रिय अभियानअन्तर्गत २० वटा बाख्रा फार्मलाई रु ५० हजार र श्रीगोलोक गोबद्र्धन गौशाला शिवसताक्षीलाई रू तीन लाख अनुदान प्रदान गर्न लागिएको छ ।

यसैगरी डेरी सञ्चालन गर्न छ वटा साना व्यावसायिक गाईभैँसी फार्मलाई रू एक लाख ७० हजारका दरले र दुईवटा मझौला व्यावसायिक फार्मलाई रू दुई लाख ५० हजारका दरले अनुदान दिइने भएको छ । बाख्रा प्रबद्र्धन लागि दुईवटा फार्मले रू दुई लाख, बङ्गुर व्यवसाय प्रबद्र्धनका लागि १० वटा बङ्गुर फार्मले रु एक लाखका दरले अनुदान पाउने भएका छन् ।

यस्तै पशु आहारा राष्ट्रिय अभियानअन्तर्गत ४५ वटा फार्मलाई घाँस उत्पादनका लागि रु एक हजारदेखि रु १० हजारसम्म अनुदान दिइने छ । पशु कार्यालयको ५० प्रतिशत र फार्म सञ्चालकको ५० प्रतिशत लगानी रहने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)