Aamsanchar

महिला सांसदबाट सेक्सबारे संसदमा आयो अनौठो प्रस्ताव !

Author Image
आइतवार, चैत ६, २०७३

एजेन्सी ।

अमेरिकाको टेक्ससकी एक डेमोक्रेटिक महिला सांसदले हस्तमैथुन गर्ने मानिसलाई कार्वाही गर्नुपर्ने प्रस्ताव राखेकी छन् । जुन कुरा अहिले चर्चाको विषय बनेको छ ।

जेसिका फर्रार नाम गरेकी सांसदले हस्तमैथुन गर्ने मानिसलाई १०० सय डलर जरिवाना गर्नुपर्ने माग गरेकी छन् ।

यस्तो कार्य बच्चाको अस्तित्वको विरुद्ध भएको भन्दै उनले यसको विरोध गरेकी हुन् । उनले यो कार्य टेक्सासका महिलाको अधिकार विरुद्ध भएको र पुरुषले बाह्य रुपमा शुक्राणु खेर फाल्ने अधिकार नभएको समेत बताएकी छन् ।

उनका अनुसार टेक्सासमा गर्भपातको नियम कडा छ । महिलालाई कष्टको सामना गर्नुपरेको छ । यसकार उनले जसरी महिलालाई नियममा बाँधिएको छ त्यसरी नै पुरुषलाई पनि बाँध्नुपर्ने तर्क गरेकी छन् ।

उनले आफूले राखेको प्रस्ताव मजाक जस्तो लागेपनि टेक्सासकी महिलाको पीडा मजाक नभएको बताएकी छन् ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर