Aamsanchar

दुर्गापुर क्रिकेट क्लब फाइनलमा

Author Image
सोमवार, चैत ७, २०७३

(शान्तिराम बस्नेत)
शिवसताक्षी ।



झापाको शिवसताक्षीस्थित दुधेमा जारी तेस्रो मिलन स्मृति नकआउट २०–२० प्रतियोगितामा दुर्गापुर क्रिकेट क्लब फाइनलमा पुगेको छ ।
दूधेको मिलन चौकस्थित आइतबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा दुर्गापुर क्रिकेट क्लबले शिवसताक्षी स्पोर्टिङ क्लब झिलझिलेलाई ४ विकेटले हराउँदैं फाइनल प्रवेश गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको शिवसताक्षी स्पोर्टिङ क्लब झिलझिलेले १७.५ ओभरमा सबै विकेट गुमाउँदैं १ सय १ रनमा अलआउट भएको थियो ।

उसका तर्फबाट भीम सिटौलाले अविजित ५० रनको योगदान गरेता पनि जीत हासिल गर्न सफल भएनन् । उनी बाहेक आश्विन शर्माको २४ रन बाहेक अन्य कसैले दोहोरो अंक समेत नजोड्दा मात्र १ सय १ रनमा समेटिन पुगेको थियो । उसका ५ ब्याट्सम्यानहरुले त झन रनको खाता नै खोल्न सकेनन् । झिलझिलेलाई सस्तैमा समेट्न दुर्गापुरका बाँया हाते अफ स्पिनर विक्रम कार्कीले कसिलो बलिङ गर्दै ४ ओभरमा १५ रन खर्चिदै ४ विकेट लिएका थिए भने उनलाई साथ दिदैं विक्रम र सन्तोष कन्दङवा ब्रदरर्शले समान २ विकेट लिदैं झिलझिलेलाई अझ दवावमा राखेका थिए ।
यता १ सय २ रनको लक्ष्य लिएर मैदानमा उत्रेको दुर्गापुरले आक्रामक शुरुवात गरेता पनि पहिलो ओभरको चौथो बलमा १२ रन बनाउँदैं अंकित सुबेदी आउट भएका थिए । त्यसपछि निरन्तर रुपमा अन्य तीन ब्याट्सम्यानहरुलाई गुमाउँदैं दवावमा आएको दुर्गापुरका अशोक सुब्बाले आफूलाई संयमित बनाउदैं २९ बलमा १ छक्का तथा १ चौकाको मद्दतले २३ रन बनाएका थिए ।

आफ्नो टीमलाई जीतसम्म पु¥याउनका लागि विक्रम कन्दङवाले १७ बलमा १७ रन तथा प्रवेश कामतीले आक्रमक शैलीमा ३ छक्का र २ चौकाको मद्दतले २२ बलमा ३० रन जोडेका थिए । यता झिलझिलेका तर्फबाट जेनिश शाक्यले ३.१ ओभरमा २७ रन खर्चदैं ४ विकेट लिएता पनि टिमलाई हारबाट जोगाउन सकेनन् । खेलको म्यान अफ म्याच दुर्गापुरका विक्रम कार्की घोषित भए । सोमबारको दोस्रो सेमीफाइनल खेल ह्वाइट वास सुरुङ्गा र न्यू दमक क्रिकेट क्लब, दमकबीच हुने आयोजक समितिका संयोजक डिल्ली श्रेष्ठले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर