Aamsanchar

झापामा जुडोको विद्यालय बन्दै

Author Image
मङ्गलवार, चैत ८, २०७३

झापा ।

झापामा रु १६ लाखको लागतमा जुडो प्राथमिक विद्यालयको पक्की भवन निर्माण हुने भएको छ । कुमरखोद–६ मा बन्न लागेको उक्त दुईकोठे पक्की भवनको आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शिलान्यास गर्नुभयो ।

जुडो खेलको नामबाट स्थापित नेपालकै पहिलो नमुना विद्यालयमा कक्षा १ देखि ४ सम्म पढाइ हुने गरेका छन् । विद्यालयमा चार सय विद्यार्थी रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले बताउनुभयो । उहाँले अन्य विषयसँगै मार्सल आर्टका बारेमा पनि पढाइ हुने यो नेपालकै पहिलो विद्यालय भएको दाबी गर्नुभयो ।

जिल्ला शिक्षा कार्यालय, झापाबाट प्राप्त रु १६ लाखको बजेटबाट उक्त विद्यालय भवनको निर्माण कार्य सुरु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृत्यराज विष्टले बताउनुभयो ।

सो अवसरमा सचिव विष्टले भवन निर्माणका लागि राखेपमार्फत नगद रु पाँच लाख सहयोगस्वरुप उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । भवन अभावमा अहिले बाँसको चित्राले घेराबेरा गरी कक्षा कोठा निर्माण गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)