Aamsanchar

गायक ताराविरको ‘’ओइ काली ओइ काली’’

Author Image
बुधवार, चैत ९, २०७३

[भरत शिवाकोटी]

मंसिर आउन थुप्रै बाँकि छ तर गायक ताराविर ले भने कालीको अरु कोहि काले नभइ दिल खाली छ भने सिन्दुर हालेर लैजान तयार रहेको बताउन थालेका छन | उता गायिका कामनाले भने ग्रिन सिग्नल दिँदै आफ्नो कोहि काले नभएको र दिलवाले कालेलाई मंसिरमा सिन्दुर हालेर लैजान अनुमति दिएकी छिन |

तर कोहि मक्ख नपर्नुहोला, यो यथार्थमा भने होइन, युवा गायक तथा संगीतकार ताराविर पाण्डेको गत २० मार्च २०१७ मा युटयुव मार्फत सार्वजनिक भएको ‘’ओइ काली ओइ काली’’ बोलको गीतमा ब्यक्त गरिएको भावना मात्र हो यो |

पिता पदमा बहादुर पाण्डे तथा माता तारादेवी को कोखबाट २०३९ सालमा झापा जिल्लाको धरम्पुरमा जन्मिएका ताराविर सानै उमेर देखि नै संगीत प्रति आकर्षित थिए | शुरुको अवधिमा स्टेज प्रोग्रामहरु तथा स्थानीय कार्यक्रमहरुमा सहभागी भएर गायन सगै संगीत अगाडी बढाएका पाण्डेले औपचारिक संगीत शिक्षा मार्फत आफ्नो कलालाई तिखार्दै एक सफल गायक तथा संगीतकारको दिशा तर्फ उन्मुख बनिरहेका छन | माधव आचार्यको शब्दमा ताराविरको स्वर तथा संगीत रहेको ‘’मेरी चाँदनी’’ बोलको पहिलो गीत गाउँदै औपचारिक रुपमा सांगीतिक क्षेत्रमा पाइला राखेका ताराविरले हालसम्म करिव ४ दर्जन गीतहरुमा स्वर तथा संगीत भरिसकेका छन | देश तथा विदेशका विभिन्न सांगीतिक कार्यक्रमहरुमा सहभागी समेत भैरहेका उनि पप तथा आधुनिक गीतका पारखी रहेको र संगीतको काममा ब्यस्त रहने हुँदा गायनलाई सोचे जस्तो अगाडी बढाउन नसकेको बताउँछन |

३ वटा एल्वम बजारमा ल्याइसकेका ताराविरले अन्य कलाकारहरुका थुप्रै गीतहरुमा संगीत भरिसकेका छन | ‘’ओई काली ओइ काली’’ गीत आधुनिक तथा पप रिमिक्स भएको गीत हो, जसमा स्वर ताराविर पाण्डे र कामना प्रसाईको रहेको छ भने संगीत ताराविरकै रहेको छ | नविन चापागाईंको शब्द रहेको गीतको छायांकन जनकराज अधिकारीले गरेका छन भने निर्देशन तथा सम्पादन तुलसी बाँस्कोटा र कोरियोग्राफी जीवन कटुवालले गरेका छन | कलाकारहरु आरुसी, विशाल, रिता, नबिन , परि, चुलबुल लगायतको शसक्त अभिनय रहेको गीत युएई, झापा र काठमाडौंका रमणीय स्थानहरुमा छायांकन गरिएको बताइएको छ |

‘’ओइ काली ओइ काली’’ गीत गाउने गायिका कामना प्रसाई भने फेसबुक मार्फत भेटिएर अडिसन मार्फत छानिएकि हुन उनले यस अघि पनि गित गाइसकेकि र ओइ काली गीत बाट आफु सन्तुष्ट रहेको बताएकी छन | पप र आधुनिक दुवै मिलाएर गाइएको ओइ काली ले दर्शक तथा स्रोतालाई नचाउन सक्ने विश्वास लिएका गायक पाण्डेले नेपाली गित संगीतलाई माया गर्ने सबै देश-विदेशमा रहने स्रोता तथा दर्शकलाई गित सुनिदिन र हेरिदिन अनुरोध गरेका छन ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर