Aamsanchar

दाँत कोट्याउन सिन्का प्रयोग गर्नुहुन्छ ? तुरुन्त छोड्नुस्

Author Image
बिहिवार, चैत १०, २०७३

एजेन्सी ।

कुनै पनि चिज खाइसकेपछि दाँतमा अड्किएको खाने कुरा कोट्याएर फाल्न हामी मध्ये कतिपयले सिन्का अर्थात टुथपिक प्रयोग गर्ने गर्छौं । तर, यसले हामीलाई के असर पुर्याइरहेको छ भन्ने थाहा पाएका हुँदैनौं । यसको असरबारे जानिराख्दा राम्रो हुन्छ ः

– दाँतमा फसेको खाने कुरा निकाल्न खोज्दा सिन्का अन्जानमा गिजामा लाग्छ । जसले गर्दा रगत आउन थाल्छ र दुखाई सुरु हुन्छ ।

– टुथपिकको प्रयोग बढी मात्रामा गर्दै गएमा दाँतको बीच भाग खाली हुँदै जान्छ । जसले गर्दा त्यहाँ झन बढी खाने कुरा पस्न जान्छ । र, मानिसलाई क्याभिटिजको समस्या हुने गर्छ ।

– कतिपय मानिसले दाँत सफा गरिसकेपछि त्यही सिन्का चपाउने गर्छन् । जसले दाँतको इनामेल अर्थात सेतो चमकलाई नोक्सान गर्छ ।

– टूथपिकको बढी प्रयोगले गिजा खुल्न थाल्छ, जसले गर्दा दाँतको जरा पनि खुलेर कमजोर हुने गर्छ ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर