Aamsanchar

झापामा ८.३% मा मात्रै हात्तीपाइले

Author Image
बिहिवार, चैत १०, २०७३

झापा ।

झापामा हात्तीपाइले रोगीको संख्या घटेको छ ।  हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सञ्चान गरेपछि ५ वर्षको अवधिमा यो रोगको संक्रमित दर घटेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
कार्यालयले बिर्तामोडमा पत्रकारसम्मेलनको आयोजना गर्दै २४ प्रतिशत रहेको संक्रमित दर अहिले ८ दशमलव ३ प्रतिशतमा झरेको जनाएको हो । यो रोगको संक्रमणबाट नेपालमा १३ प्रतिशत संक्रमित बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत जीवन चौंलागाईंले जानकारी दिए ।
सन् २०२० सम्ममा हात्तीपाइले रोगीको संख्या १० हजारमा १ प्रतिशतभन्दा कम गर्ने लक्ष्य राखिएको छ । गतवर्ष झापामा ५ लाख ३५ हजार ४७६ जनाले औषधी सेवन गरेका थिए ।
यसवर्ष ७ लाख ३३ हजार २८५ जनालाई डिईसी र अल्वेण्डाजोल औषधि खुवाउने जिल्ला जनस्वास्थ्यको लक्ष्य रहेको चौंलागाईंले बताए । जनस्वास्थ्यको तथ्याङ्क अनुसार झापामा हात्तीपाइले भएर खुट्टा सुन्निएका २६४ जना, हात तथा महिलाको स्तन सुन्निएका १०१ जना र पुरुषको अण्डकोषमा हाइड्रोसिल भएका ८७३ जना रोगीहरु छन् । अन्तरक्रियामा वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा। गोविन्द बँडेलले कुनै पनि मानिसलाई हात्तीपाइले रोग लागेपछि निको नहुने जानकारी दिए ।
मेची अञ्चल अस्पतालका डा। कँडेलले भने, ‘तर औषधीको सेवनले शरीरका अंग सुन्निने क्रम रोकिन्छ र एक सिजनमा औषधी खाएपछि एक वर्षसम्म लामखुट्टेले टोकेर अर्को व्यक्तिलाई संक्रमण गर्न पनि सक्तैन ।’ माइक्रोफेलिया नामक जिवाणुबाट हात्तीपाइले रोगको संक्रमण हुने जनाउँदै डा। कँडेलले कुनै पनि मानिसलाई आजको भोलि नै रोगको लक्षण नदेखिने तर १४–१५ वर्ष पछि संक्रमण हुने जनाए ।
हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियान झापामा यही चैत १७, १८ र १९ गते सञ्चालन हुनेछ । चैत १६ गते जिल्लामा कार्यरत प्रहरी, प्रशासनका कार्यालय प्रमुखहरुले औषधी खुवाउने कार्यक्रम रहेको बताइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर