Aamsanchar

क्षितिज नाट्य समुहकाको चेतना मुलक नाटक

Author Image
शुक्रवार, चैत ११, २०७३

झापा। 

युके सक्षम प्रोजेक्ट र सहारा नेपालको आयोजनामा वित्तिय साक्षरता सम्बन्धि सचेतना मुलक सडक नाटक क्षितिज नाट्य समुहका कलाकारहरु द्बारा जिल्ला तथा अन्तर जिल्ला ब्यापीरुपमा प्रदर्शन भइरहेको छ ।

झापाको घैलाडुब्बा बाट सुरुभएको साक्षरता सम्बन्धि नाट्य अभियान अन्तरगत शनिश्चरे,लक्ष्मीपुर ,बाहुनडाँगी, काँकडभिट्टा ,इट्टाभट्टा, राजगढ बेलडाँगी, मंगलबारे शरणामती,शिबगञ्ज लगायतका क्षेत्रहरुमा नाटक प्रदर्शन निरन्तर रुपमा भइरहेको नाटकका निर्देशक एवं रंगकर्मी माधब कल्पितले जानकारी दिए ।

विशेष गरि स्थानीय क्षेत्रमा बसोबास गर्ने समुदायमा बसोबास गर्ने ब्यक्ति वा समुदायमा पैसाको महत्व बारे जानकारी गराउदै ऋण, बचत,ब्यवसाय,लगानि विमा र रेमिटान्सको समय मै सहि सदुपयोग गरिसिमित आम्दानीबाट हाम्रा असिमित आबश्यकता पूरा गरि भबिश्यमा आइपर्ने आर्थिक संकटबाट परिवार र आफुलार्इ कसरी बचाउन सकिन्छ भन्ने कुराको चेतना अभिबृद्दि गर्ने उदेश्यले यो कार्यक्रम सञ्चालन गरिएको सहारा नेपालका केन्द्रीय कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी ले जानकारी दिए ।
वितिय साक्षरता सम्बन्धि सञ्चालित नाट्य अभियान झापा इलाम र सुनसरी जिल्लाका साठ्ठी स्थानमा प्रदर्शन गरिने र यसबाट करिव ५० हजार जनसमुदायमा वितिय साक्षरता सम्बन्धि चेतना अभिबृद्धी गर्न सकिने कुरा कार्यक्रमका कोडिनेटर युवराज शिवाकोटी र किशोर कार्कीले बताए ।
युकृ सक्षम प्रोजेक्ट र सहारा नेपाल साकोस झापाको सहकार्यमा सञ्चालित नाट्य अभियानमा क्षितिज नाट्य समुहका कलाकारहरु गजेन्द्र पृथक, माधब प्रसाद सिटौला ,भिमा खतिवडा, झापाली कान्छा अभिषेक, माया सिटौला, बन्दना मिश्र, सुजना खतिवडा र अर्जुन खतिवडाको अभिनय रहेको कुरा निर्देशक कल्पितले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर