Aamsanchar

आजको राशिफल-बि.स.२०७३ चैत १२ गते,शनिबार । ईश्वी सन् २०१७ मार्च २५ तारिख ।

Author Image
शनिवार, चैत १२, २०७३
मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

पैत्रिक तथा सरकारी धन सम्पति हात लागि हुँने योग रहेको छ भने राम्रो काम गरि दैनिकी परिवर्तन गर्न सकिनेछ । सामाजिक काम गर्ने अवसर प्राप्त हुने तथा मान सम्मानमा बृद्धि भएर जानेछ । आँट गरि व्यवसायमा लगानी गर्न सके भनेजस्तो आम्दानी गर्न सकिनेछ । साथिभाई तथा आफन्तसँगको रमाईलो भेटघाटमा मिठा मिठा परिकार ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

 

वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

फाईदा हुने कामको प्रस्ताव आउनेछ । रुपैया पैसा प्रशस्त कमाउँने योग रहेको छ । नयाँ काम पाउने तथा गरिरहेको काममा अरु राम्रो गरि हाकिमहरुलाई रिजाउँन सकिनेछ । व्यवसाय फस्टाएर गई आम्दानीमा बढोत्तरी हुनेछ । सांगितिक माहोलमा  साथिभाई तथा ईष्टमित्रसँग रम्न सकिने हुँदा दिन रमाईलो हुँनेछ ।

 

मिथुन राशि – Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यवसायमा लगानी नगर्नुहोला आज गरिने व्यवसायबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा हुने अधिक सम्भावना रहेको छ ।

 

कर्कट राशि – Cancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा खटपट आउँनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

 

सिंह राशि – Leo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

तयारी बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । खराब संगत तथा गलत सल्लाहले हुँन लागेको काम पनि अरुकै हातमा जानेछ । समयको गति सँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । दाम्पत्य जीवनमा सामान्य घटपट आउँनेछ भने माया प्रेममा धोका हुन सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउनसक्छ ।

कन्या राशि – Virgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत: ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुँनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ ।

 

 

तुला राशि – Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

उपलब्धिबिहिन काममा समय बित्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउँनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाईनेछ ।

 

वृश्चिक राशि – Scorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

तयारी बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रन सक्छ ध्यान दिनु होला । खराब संगत तथा गलत सल्लाहले हुँन लागेको काम पनि अरुकै हातमा जानेछ । आमा तथा आमा सरहका मानिसको राय सल्लाह लिएर अगाडि बढे केहि मात्रामा सफलता पाईनेछ । कृषि तथा पशुपालन व्यवसायबाट भने भनेजस्तो आम्दानी गर्न सकिनेछ । समयको गति सँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ ।

 

धनु राशि – Sagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आर्थिक स्रोत तथा भौतिक साधन जुट्नाले उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । पराक्रम बढेर जाने हुँनाले जोसिलो काम गर्ने जाँगर आउँनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाई तथा छिमेकिहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

 

मकर राशि – Capricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा खटपट आउँनेछ । बोल्दा ख्याल गर्नुहोला छिटो बोल्दा वा निर्णय गर्दा कामहरु बिग्रने छ । व्यापार व्यवसाय अरुदिन भन्दा कम हुँनेछ । अरुकै काममा दिनभर ब्यस्त हुनुपर्दा पढाई लेखाईमा समय दिन मुस्किल पर्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या नआउँला भन्न सकिन्न । माया प्रेममा सामान्य खटपट हुँनेछ ।


कुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

तपाईबाट राम्रा काम हुँने हुँनाले परिवार तथा साथिभाईहरु खुशी हुँनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानीका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुशी रहनेछन् ।

 

मीन राशि – Pisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

न्यून पारिश्रमिकमा दिनभर समय ब्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । अल्छी गर्नेबानिले कामहरु बिग्रन सक्छ । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ । बिदेशि सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने भएपनि दैनिक कामकाजमा खासै फरक पर्ने छैन । अनावश्यक खर्च बढ्न सक्छ होस गर्नु जरुरी देखिन्छ ।-nepaliheadlines.com

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)