Aamsanchar

स्थानीय तह चुनावका लागि मतदान केन्द्र निर्धारणको काम अन्तिम चरणमा

Author Image
शनिवार, चैत १२, २०७३

काठमाडौं,

स्थानीय तह चुनावको लागि मतदान केन्द्र निर्धारणको काम अन्तिम चरणमा पुगेको छ । ११ जिल्लाबाट केन्द्रको प्रस्ताव आउन बाँकी रहेको र २० गतेसम्ममा सबै केन्द्रको टुंगो लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

दुई नम्बर प्रदेशका जिल्लाबाट केन्द्रको प्रस्ताव आउन सकेको छैन । स्थानीय राजनीतिक दलको छलफलपछि जिल्लाले केन्द्रको प्रस्ताव गर्नुपर्नेमा तराईका जिल्लामा समस्या भएको हो । समस्या समाधानको प्रयास भइरहेको र २० गतेसम्ममा सबै जिल्लाको टुंगो लाग्ने आयोगले जनाएको छ ।

आयोगले मतदाता नामावली र मतदान केन्द्रको टुंगो एकैपटक लगाउने तयारी गरेको छ । २० गतेसम्म मतदाता नामावली टुंगो लगाउनेगरी काम भैरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । यस्तै मतपत्र छपाईको काम पनि धमाधम भइरहेको छ ।

शुक्रबारसम्म १८ जिल्लाका लागि मतपत्र छपाईको काम सकिएको र अरु चार जिल्लामा शनिबारदेखि काम सुरु हुने आयोगले जनाएको छ । अरु जिल्लाका लागि पनि क्रमैसँग छपाईको काम हुनेछ ।

यस्तै मतदाता शिक्षाको लागि प्रशिक्षकलाई तालिम दिने काम पनि सँगसँगै भैरहेको छ । वैशाख पहिलो हप्तादेखि घरघरमा मतदाता शिक्षा चलाउने आयोगको तयारी छ ।उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर