Aamsanchar

इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको आग्रह

Author Image
शनिवार, चैत १२, २०७३

झापा ।

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय झापाले इजाजत प्राप्त हतियार प्रशासनलाई बुझाउन आग्रह गरेको छ ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्ने निर्वाचन आयोगको लक्ष्यलाई सहयोग पु¥याउने भन्दै जिल्ला प्रशासन कार्यालयले यस्तो आग्रह गरेको हो ।

कार्यालयले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै कानुन बमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेका इजाजत प्राप्त बन्दुक, पेस्तोल जस्ता हातहतियार तथा गोली गठ्ठा निर्वाचन अवधिभर जिल्ला प्रशासन, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय तथा सुरक्षा निकायमा बुझाउन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले सो अवधिभर मदिरा तथा मदिरा जन्य पदार्थको अबैध उत्पादन तथा विक्री बितरण कार्यमा समेत पूर्ण बन्देज लगाइएको बताउनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर