Aamsanchar

अभिभावक आफै सजग हुनुपर्ने

Author Image
शनिवार, चैत १२, २०७३

धुलावारी।

लागू औषध दुव्र्यसनिमा फस्न नदिन हाम्रो कस्तो भुमिका हुनुपर्छ भन्ने बिषयमा अन्तरक्रिया कार्यक्रम झापाको मेचिनगरमा सम्पन्न भएको छ ।
मेचीनगर लेडि जसिजको आयोजनामा भएको कार्यक्रमका सहभागीहरुले आफ्ना बच्चाहरुलाई लागुऔषध बाट कसरी टाढा राख्ने, लत लागेका लाई कसरी सुधार्ने, लागुऔषधको सेवनले कस्तो परिणाम ल्याउन सक्छ लगायतका बिषयमा जिज्ञासा राखेका थिए ।

अन्तरक्रियाका प्रमुख प्रशिक्षक नार्कोन नेपालका प्रमुख तथा पुर्व प्रहरी बरिष्ठ उपरिक्षक बसन्तराज कुवरले सहभागिका जिज्ञासाको जवाफ दिदै अहिले बिधार्थीहरु बढि यस्ता दुव्र्यसनिमा फस्ने गरेकोले सजग रहन सुझाव दिनुभएको थियो । प्रमुख प्रशिक्षक कुरले लागुपदार्थ दुव्र्यसनीबाट आफ्ना
बच्चाहरुलाई टाढा राख्न, लक्षण देखा परे सुधार्न तर्फ लाग्न अभिभावक आफै सजग हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमकै बिच मेचिनगर लेडि जेसिज फेब्रुअरी महिनाको जेसिज अफ दि मन्थ घोषीत एकोमा नेपाल जेसिजलाई धन्यबाद पत्र समेत बितरण गरिएको थियो । नेपाल जेसिजकी उपाध्यक्ष मन्जरी घिमिरेलाई संस्थापक अध्यक्ष कबिता शर्मा, पुर्व अध्यक्ष टिका सुवेदी, निवर्तमान अधयक्ष उषा श्रेष्ठ र वर्तमान अध्यक्ष सोभा श्रेष्ठले धन्यबाद पत्र हस्तान्तरण गर्नुभएको थियो ।

मेचीनगर लेडिजेसिजकी अध्यक्ष सोभा श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा प्रक्षिक कुवर, बिषिष्ट अतिथीमा मेची अञ्चल प्रहरी प्रमुख एस एस पि पिताम्बर अधिकारी रहनुभएको थियो । कार्यकारिणी उपाध्यक्ष तुलसा दंगालले स्वागत, उपाध्यक्ष गिता ओझाले आस्था वाचन तथा कार्यक्रमको सञ्चालन महासचिव सुनिता पनेरुले गर्नुभएको थियो । कार्यक्रममा लागु औषधले एउटा परिवारलाई तहसनहस पार्ने सन्देसमुलक गित संस्थापक अध्यक्ष कबिता शर्माले  प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर