Aamsanchar

भवनवाट खसेर मलेसियामा एक नेपालीको मृत्यु

Author Image
शनिवार, चैत १२, २०७३

क्वालालम्पुर ।

मलेसियाको पुत्राजयामा वन्दै गरेको २३ तले अग्लो भवनबाट खसेर शुक्रवार एक नेपालीको मृत्यु गएको छ । एन्टिकरप्सन कमिसन बिल्डिङवबाट खसेर भोजपुर रानीवन ९ हर्काका ३१ वषर्ीय भीमबहादुर कटुवालको मृत्यु भएको हो ।

मलेसियाको प्रहरीले १७ वा २३ तला माथिबाट खसेको हुनसक्ने अनुमान गरेको स्थानीय संस्था ‘द स्टार’ले जनाएको छ ।

कटुवालका छिमेकि कमल वस्नेतले दिएको जानकारीअनुसार उनी करीव तीन वर्ष अगाडि रोजगारीको लागि मलेसिया आएका थिए । कटुवालको परिवारमा दुई छोरा र श्रीमती रहेको वताईएको । शवलाई स्थानिय अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर