Aamsanchar

एकदर्जन बढि स्थानमा डस्विन

Author Image
शनिवार, चैत १२, २०७३

बुद्ध–शान्ति, 

झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्नेमा रहेको एकता युवामन्चले शनिबार ३,४,६ र ७ नम्बर वडाका एकदर्जन बढि स्थानमा सरसफाई तथा डस्बिन राखेको छ ।

स्वच्छ बतावरण स्वस्थ्य जिवन भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथी समेत रहेका मन्चका संस्थापक अध्यक्ष राकेश शेर्माले डस्विनमा फोहोर हालेर उद्घाटन गरे । पर्यटकीय स्थान र बर्ने चियाकमान घुम्न आउने आन्तरिक तथा बाह्रय पर्यटकले फोहोर फाल्ने र त्यहाँको सुन्दरतामा नकरात्मक असर पुगेको भन्दै सरसफाई र ठाउँ ठाउँमा डस्विन राखिएको मन्चका अध्यक्ष हर्क लिम्बुले बताए ।

सरसफाई तथा डस्विन राख्ने कार्यक्रममा मन्चका संस्थापक अध्यक्ष राकेश शेर्मा, शेरबहादुर श्रेष्ठ, युवा समाजिक ब्यक्तित्व मित्र साँवा, मदन मगर लगायतले सरसफाई र यसको फाईदाका बारेमा मन्तब्य राखेका थिए । डस्विन मन्चका संस्थापक अध्यक्ष शेर्माले १३ वटा र झापा जिल्ला निकासी कर संकलन केन्द्र सुनमाईले २ वटा उपलब्ध गराएको थियो । कार्यक्रमको संचालन मन्चका सदस्य लक्ष्मण मगरले गरेका थिए ।

२०७० सालमा स्थापना भएको मन्चले समाजमा रहेका बिकृती बिसङगती बिरुद्ध चेतनामुलक कार्यक्रम संचालन गर्नुको साथै परोपकारी काम गर्दै आएको छ । यस अघि मन्चले बुद्धशान्ति गाउँपालिकाको बिभिन्न स्थानमा सरसफाई अभियान संचालन गरेको थियो । मन्चले आगामी दिनमा खोलामा विषादी हाली माछा मार्दा हुने हानी र मानवीय स्वास्थ्यमा पर्ने असरका बारेमा जनचेतनामुलक कार्यक्रम संचालन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)