Aamsanchar

झापामा यस्तो पनि ? धर्मशालामै यौनधन्दा

Author Image
आइतवार, चैत १३, २०७३

भद्रपुर।

झापाको भद्रपुरस्थित मोहपाल धर्मशालामा यौनधन्दा चलाउने गरेको रहस्य सार्वजनिक भएको छ । धर्मशालामा कार्यरत चौकीदार नापीलाल राजवंशी र स्थानीय युवा समूहको आपसी लेनदेनमा यस्तो धन्दा चल्दै आएको प्रहरी अनुसन्धानबाट खुलेसँगै यस्तो रहस्य सार्वजनिक भएको हो ।

धर्मशालाबाट वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी नायव निरीक्षक चित्रबहादुर कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले शुक्रवार राति धर्मशालाबाट १७ बर्षीया युवतीलाई नियन्त्रणमा लिएपछि घटना सार्वजनिक भएको हो । विशेष सूचनाको आधारमा प्रहरीले धर्मशालामा छापा मारेको थियो । सो क्रममा युवतीलाई नियन्त्रणमा लिइएको र धर्मशालामा केही व्यक्तिले कोठा भाडामा लिएर यौनधन्दा चलाउने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले छापामार्ने क्रममा धर्मशालाको मूल कोठा चौकीदार राजवंशीले खोल्न नमानेपछि पर्खाल नाघेर प्रहरीभित्र प्रवेश गरेको थियो । सो क्रममा युवतीसँग रहेका तीन युवा भागेको प्रहरी निरीक्षक कूलप्रसाद चौधरीले बताए ।
प्रहरीले युवतीलाई आपत्तिजनक अवस्थामा फेला पारेको थियो । प्रहरी स्रोतका अनुसार युवतीलाई एक हजार दिने शर्तमा भद्रपुरका रोशन कामतीले धर्मशालामा लागेको बताइएको छ । रोशनले उनको साथीद्वय राजीव कामती र पिकी कामतीलाई पनि बोलाएको युवतीको बयानलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । शनिवारबिहान युवालाई पक्राउ गर्न उनीहरुकै घरमा पुगे पनि उनीहरु घरमा नभेटिएपछि प्रहरी फर्किएको थियो । स्रोतका अनुसार तीनै युवा भारत गएको बुझिएको छ ।
यता प्रहरीले धर्मशालाका चौकीदारलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए । तीनै जना युवकलाई पक्राउ गर्न शनिवार बिहान उनीहरुको घर पुगे पनि कोही फेला नपरेको र तीन जना भारत भागिसकेको प्रहरीले आशंका गरेको छ । होटल तथा लजमा भन्दा धर्मशालामा यौनधन्दा चलाउन सुरक्षित हुने भएको भन्दै उनीहरुले यौनधन्दाका लागि धर्मशालालाई प्रयोग गर्ने गरेको स्थानीयवासीको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर