Aamsanchar

जीवन भयबाट सञ्चालित छ

Author Image
शनिवार, जेठ २९, २०७३

Desh Subba

[माधव अधिकारी]
काठमाडौा ।

विगत १९ वर्षदेखि भयावदको नयाा सिद्धान्तमा काम गर्दै आएका हङ्कङ्वासी नेपाली साहित्यकार देश सुब्बा शुक्रबार काठमाडौामा श्रोतामाझ प्रस्तुत भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै चिन्तक सुब्बाले आफ्नो सिद्धान्तले ढिलै भए पनि विश्वभरि मान्यता पाउादै गएकोमा खुसी व्यक्त गरे । “स्थापित मान्यताहरूभन्दा फरक केही नयाा आएपछि त्यो स्वीकृत हुन समय त लाग्छ, तर तर्क सटिक छ भने त्यो स्थापित भएरै छोड्छ । मानव जीवन सम्पूर्णतामा भयबाट सञ्चालित छ भन्दा शुरुमा आश्चर्य लाग्नु स्वभाविकै हो, तर सोच्दै जाादा यस कुराको सार्विकता स्थापित हुन्छ ।” सुब्बाले भने ।अमेरिका, क्यानडा र भारतबाट पुरस्कारसमेत पाएकोमा खुसी व्यक्त गर्दै उनको चिन्तनले नेपाली पाठकमाझ पनि लोकप्रियता पाउादै गरेको सुब्बाले दाबी गरे । उनले आफू भयवादको विश्व यात्रामा रहेको र यसअघि भारत र पूर्वी नेपालका विभिन्न ठाउामा गोष्ठी सम्पन्न गरेर काठमाडौा आइपुगेको बताए । चार उपन्यास समेत लेखेका र एक धर्के कविता आन्दोलन शुरु गरेका सुब्बा दुई दशकदेखि यसै चिन्तनमा निरन्तर काम गर्दै आएका छन् । विमर्श युथ फाउण्डेशन र चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्टले संयुक्त रुपमा काठमाडौाको नयाा बानेश्वरमा आयोजना गरेको कार्यक्रमको संयोजन युवा समालोचक महेश पौड्यालले गरेका हुन् । कार्यक्रममा समालोचक राजकुमार बरालले सुब्बाबारे परिचयात्मक टिप्पणी गरेका थिए ।
कार्यक्रममा बोल्दै चैतन्य इन्स्टिच्युटका प्रमुख गणेश जोशीले नेपालका छोराले विश्वलाई यति महत्वपूर्ण सिद्धान्त दिनु गौरवको कुरा भएको बताए । विमर्शका अध्यक्ष किरण भट्टले देश सुब्बासागको प्रत्यक्ष अन्तरक्रियाले यस सिद्धान्तबारे थप कुरा बुझ्ने मौका भएको बताए । कार्यक्रमको सञ्चालन जनक दुलालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर