Aamsanchar

युनिक नाम जस्तै काम

Author Image
शुक्रवार, चैत १८, २०७३

कुनै पनि कुरालाई अरुभन्दा फरक तरिकाले समाजमा पस्कनुलाई नै यूनिक अर्थात अरुभन्दा फरक भनिन्छ । यस्तै फरक अनुभुति साथ अघि बढिरहेको छ मेचीनगर–१२ साविक धाइजन ६ सहरेडाँगी स्थित यूनिक इङ्लिस बोर्डिङ स्कूल ।
ग्रामीण क्षेत्रमा रहेर पनि समयानुकूल शिक्षा प्रदान गर्न लागिपरेको छ यूनिक इङ्लिस बोर्डिङ स्कूल । विद्यालयका प्रिन्सिपल विष्णु रिमाल भन्छन्– ‘हामीले गर्ने पनि नयाँ केही होइन, तर जे गर्छौ हामी अलि फरकशैलीबाट गर्छौं । हामी सबै विद्यार्थीलाई भविष्यमा डाक्टर र इञ्जिनियर मात्र होइन, एउटा राम्रो खेलाडी, कलाकार, पत्रकार, वकिल शिक्षक राजनितिज्ञ बनाउन चाहन्छौं । त्यही अनुकूलको शिक्षा समेत हामी उनीहरुलाई प्रदान गर्दैछौं ।’ फराकिलो खेलमैदान, प्रसस्त खेलकुद सामग्री, साप्ताहिक रुपमा अतिरिक्त क्रियाकलाप त्यसैका आधार भएको बताउँछन् विद्यालयका सहायक प्रिन्सिपल राम लिम्बू ।


प्याव्सन झापाद्वारा आयोजित वतृक्त्व कला प्रतियोगितामा प्रथम, गायन प्रतियोगितामा द्वितीय, विभिन्न क्षेत्रद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा प्रथम, करातेमा द्वितीय लगायतका उपलब्धी विद्यार्थीहरुले हासिल गरेको बताउँछन– सहायक प्रिन्सिपल लिम्बू । ग्रामीण क्षेत्रमा रहेर पनि कराते, संगीत, नृत्य, पत्रकारिता, चित्रकला लगायतका अतिरिक्त कक्षाको व्यवस्था गरेकैले जुनसुकै प्रतियोगितामा भाग लिए पनि कहिल्यै रित्तो हात फर्कनु नपरेको उनी बताउँछन् ।
त्यस्तै प्रि–प्राइमरी कक्षामा मन्टेश्वरी पद्धतिबाट बालबालिकालाई खेल्दै, सिकाउँदै गर्ने व्यवस्था समेत विद्यालयमा रहेको प्रि–प्राइमरी इञ्चार्ज देवीका घिमिरे बताउँछिन् । ‘व्यवस्थित कक्षा कोठामा सजिलो तरिकाले राखेर विद्यार्थीलाई पढाउँछौं’ – घिमिरे भन्छिन् । पहिलो पटक एसईई परीक्षामा सामेल हाम्रो विद्यालयले यसवर्ष राम्रो नतिजा प्राप्त गर्छ भन्ने विश्वास व्यक्त गर्छन् विद्यालयका प्रिन्सिपल विष्णु रिमाल ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 315

प्रतिक्रिया (०)

सम्बन्धित खबर