Aamsanchar

‘इडन गार्डेनलाई नेपालकै नमूना स्कूल बनाउँछु’

Author Image
सोमवार, चैत २८, २०७३

टीकाराम आचार्य (स्वर्गीय) र रत्नकला आचार्यको सुपुत्रको रुपमा वि.सं. २०२७ साल असार २४ गते झापाको पूर्वोत्तर गाविस बाहुनडाँगी–७ मा जन्मेका मोहन आचार्य निरन्तर शिक्षण पेशामा कार्यरत रहेका छन् । श्रीमती समिसा सिटौंला (आचार्य), छोरी समृद्धि र छोरा महिब आचार्य रहेका छन् । दुई दशकसम्म निरन्तर प्रिन्सिपलको जिम्मेवारी सम्हालिरहेका मोहन आचार्य बालबालिकासँग रमाउँन चाहन्छन् । हाल उनी झापाको बिर्तामोडस्थित इडन गार्डेन इङ्लिस स्कूलको संस्थापक प्रिन्सिपलको रुपमा कार्यरत रहेका छन् । यसै सन्र्दभमा आमसञ्चार डट.कमका नरेन्द्र ढकालले इडन गार्डेन इङ्लिस स्कूलका बारेमा प्रिन्सिपल आर्चायसँग गरेको कुराकानीको सम्पादित अंश :
विद्यालयको अवस्था कस्तो छ ?
– विगतका दिनलाई स्मरण गर्ने हो भने अहिलेको अवस्था सुधारात्मक रहेको छ । त्यो पनि द्रुतगतिमा हामी अगाडि बढिरहेका छौं । लगातार परिवर्तन गर्दै हामी अझ अगाडि बढिरहेका छौं । शैक्षिक हिसाबले हामीले निकै फड्को मारिसकेका छौं । हामी जिल्लाका उत्कृष्ट विद्यालयभित्र पर्छौं । यो हाम्रो लागि गौरबको विषय हो । हामीले गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण हामी अगाडि बढ्न सफल भएका हौं । भौतिक हिसाबले पनि हामी अगाडि छौं । विद्यालयको भौतिक सुधार गर्दै विद्यालयलाई भौतिक हिसाबले पनि आकर्षित बनाउने हाम्रो मुख्य एजेण्डा हो । अतिरिक्त हिसाबले हामी यो वर्ष जिल्लाकै दोस्रो स्थानमा रहन सफल भएका छौं । एन प्याप्सन अन्तर्गत रहेका विद्यालयहरु मध्ये हामी खेलकुदका क्षेत्रमा दोस्रो हुनुले पनि हाम्रो विद्यालयको अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेका छौं भन्ने प्रष्ट हुन्छ । हामी शारीरिक हिसाबले मात्र अब्बल छैनौं, शैक्षिक र खेलकुद प्रतियोगितामा पनि अब्बल कहलिएका छौं । बुद्धिचाल प्रतियोगितामा जिल्लाको प्रथम हुनु, अन्य खेलमा जिल्लाको दोस्रो हुनुले पनि हाम्रो सफलता राम्रो भएको मान्न सकिन्छ । समग्रमा भन्ने हो भने यो वर्ष हामीले इतिहास रचेका छौं अन्य वर्षहरुमा भन्दा ।
अरु विद्यालयभन्दा इडन गार्डेन के कारण फरक छ ?
– अन्य विद्यालयभन्दा हामी शैक्षिक हिसाबले फरक छौं । हामी जीवनउपयोगी शिक्षा प्रदान गर्दछौं । यो विद्यालयबाट उत्पादन भएका विद्यार्थीले जुनसुकै स्थानमा प्रतिस्पर्धा गर्न सक्छन् । हामीले सबैलाई शैक्षिक क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने बनाएका छौं । हामीले प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिएका छौं । विज्ञानको जमाना छ हामीले विज्ञानलाई प्राथमिकतामा राखेर विद्यार्थीलाई शिक्षण क्रियाकलापमा सहभागी गराएका छौं । त्यसैले हामी अन्य विद्यालयभन्दा फरक छौं ।
विद्यार्थीबारे भन्नु पर्दा ?
– विद्यार्थीबारे भन्नु पर्दा हाम्रा नानीहरु शैक्षिक हिसाबले मेहनती छन् । हामीले बालमैत्री शिक्षा प्रदान गरेका छौं । हामी कसैलाई दण्ड दिएर शिक्षा दिनुपर्छ भन्ने मान्यता राख्दैनौं । त्यसैले बालबालिकाको मनोभाव बुझेर शिक्षा प्रदान गर्न हामी हरपल लाग्ने गरेका छौं । यो विद्यालयमा अहिले सात सय विद्यार्थी अध्ययनरत् छन् । हाम्रो विद्यालयमा गोलधाप, कालीझोडा, बिर्तामोड, अर्जुनधारा, चारपाने, लक्ष्मीपुर लगायतका स्थानबाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । विद्यार्थी शैक्षिक हिसाबले अब्बल छन् भन्ने उदाहरण तपार्इंले गत वर्षको एसएलसी परीक्षाको नतिजाले थाह पाउन सक्नु हुन्छ । हामीले ए प्लसमा धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छौं । एकजना विद्यार्थीले ९५ प्रतिशत नजिता ल्याउन सफल भए त्यो बोर्ड फस्ट नै हो भन्ने लाग्छ मलाई । यदि बोर्डको कुरा थियो भने हाम्रो विद्यार्थी पक्कै पनि बोर्ड फस्ट नै हो । त्यसैले पनि पुष्टि गर्छ कि हामी शैक्षिक हिसाबले झापामा नाम चलेका विद्यालयमध्ये हामी पनि एक हौं । हामीले विद्यार्थीलाई विद्यालयमा बालमैत्री वातावरण प्रदान गरेकाले पनि विद्यार्थी विद्यालय जानुपर्छ भन्ने भावना बोकेका छन् ।


तपाईंले व्यवस्थापनको जिम्मा लिएपछि भएका परिर्वतन के–के छन् ?
– मैले यो विद्यालयको जिम्मेवारी सम्हालेको दुईवर्ष भयो । दुईवर्ष अघिको इडन गार्डेन इङ्लिस स्कूल र अहिलेको इडन गार्डेन इङ्लिस स्कूलमा धेरै फरक पाउँन सक्नु हुन्छ । हामी निरन्तर सुधारका प्रयासहरु गरिरहेका छौं । हामीले शैक्षिकस्तरमा गरेको प्रगति र खेलकुद क्षेत्रमा गरेको उन्नतिले यो विद्यालयले दुईवर्षको अवधिमा ठूलो फड्को मारेको छ । खेलकुदको क्षेत्रमा जिल्लाका ७५ वटा एन प्याप्सनका विद्यालयलाई पछि पार्दै इडन गार्डेन दोस्रो भएको छ । यसमा हामी सबैको सामुहिक प्रयासले यो प्रगति गर्न सफल भएका छौं । मेरो निरन्तरको अनुभवलाई यो विद्यालयमा प्रयोग गरेको छु । यसमा अभिभावक, शुभचिन्तक, शिक्षक–शिक्षिका र विद्यार्थी सबैको प्रयासले प्रगति गर्न सफल भएका छौं । त्यसैले म आएपछि शैक्षिक र खेलकुदको क्षेत्रमा प्रगति गरेका छौं ।
विद्यालय सञ्चालनको सोच कसरी आयो ?
– म सानैदेखि शिक्षण पेशामा रुची राख्ने मान्छे हुँ । मलाई बालबालिकासँग रमाउन खुब मन लाग्छ । मैले विराटनगरमा २० वर्षसम्म प्रिन्सिपल भएर विद्यालय सञ्चालन गरे । विराटनगरको बुढानिलकण्ठ स्कूल सञ्चालन गरिरहेका बेला मलाई यो मेनहत र परिश्रम आफ्नै जन्मथलोमा प्रयोग गर्न मन लागि रहेको थियो । त्यो मेरो इच्छा दुईवर्ष अघि पूरा भयो र म इडन गार्डेन इङ्लिस स्कूलको प्रिन्सिपलको रुपमा यहाँ आएको हुँ । शैक्षिक क्षेत्रमा केही योगदान दिनुपर्छ जुन समाजका लागि महत्वपूर्ण हुन्छ भन्ने बुझेर म यो पेशामा निरन्तर लागिरहेको छु । अझ भन्नुपर्दा मलाई शिक्षण पेशा बहुतै मनपर्छ र विद्यालय सञ्चालन गर्न मेरो परिवारले पनि राम्रो साथ दिएकाले पनि यो सम्भव भएको हो ।
विद्यालयलाई अगाडि बढाउने के योजना छ ? अनि विद्यालयलाई कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?
– विद्यालयलाई जिल्लाकै मात्र नभएर देशकै एक नमूना विद्यालयको रुपमा अगाडि लैजाने सोचमा छु । धेरैले विद्यालय सञ्चालन गरेर व्यापार गर्छ भन्ने गर्छन् तर विद्यालय सञ्चालन गर्नु व्यापार होइन यो एउटा सेवा हो । यो शुद्ध व्यापार होइन तर यो सेवामुखी व्यापार हो भन्न रुचाउँछु । हामीले यो विद्यालयलाई १२ कक्षासम्म सञ्चालन गर्ने लक्ष्यका साथै अगाडि बढिरहेका छौं । हामीले विद्यार्थीलाई राम्रो र शान्त वातावरणमा अध्ययन गर्ने ब्यवस्था मिलाएका छौं । यसले गर्दा अभिभावकहरुले पनि विद्यार्थीको प्रगतिमा सन्तुष्टि नै जनाउनुभएको छ  । अबको केही वर्षमा नै यो विद्यालयलाई एक उत्कृष्ट विद्यालयको रुपमा स्थापित गर्न हामी लागिपरेका छौं । विगतमा नेपाली माध्यमबाट पनि शिक्षण गराइन्थ्यो यो विद्यालयमा । मैले जिम्मेवारी सम्हाल्न थालेपछि अंग्रेजी माध्यमलाई नै प्राथमिकता दिएको छु । अहिले विश्व नै अंग्रेजीमय भएकाले अग्रेजी शिक्षालाई हामीले प्राथमिकता दिएका छौं । हामीले विद्यार्थीलाई सैद्धान्तिक शिक्षाभन्दा पनि व्यवहारिक शिक्षा प्रदान गरिरहेका छौं । अब प्रयोगात्मक शिक्षालाई अझ अगाडि बढाउने सोचमा छौं ।


विद्यालयको गौरव गर्नुपर्ने पक्ष के हो ?
– विद्यालयको गौरव गर्नुपर्ने पक्ष धेरै छन् । तर, इडन गार्डेन इङ्लिस स्कूल झापा एउटा यस्तो स्कूल हो जहाँ हामी विद्यार्थीलाई मेरिटेसन (ध्यान) गर्न लगाउँछौं । मेरिटेसनले मानिसलाई गलतबाटो जान दिँदैन भन्ने हाम्रो मान्यता रहेको छ । हामीले विद्यार्थीलाई १० देखि १५ मिनेटको समय मेरिटेसन सिकाउँछौं । यसले विद्यार्थीको उमेरको वृद्धिसँगै हुने परिर्वतनको समयमा पनि गलत बाटोबाट जोगाउँछ । ध्यानले मानिसलाई आध्यात्मिक बनाउँछ यसले हाम्रो संकृतिको संरक्षणमा पनि टेवा पु¥याएको छ । हामीले हाम्रो कला, संस्कृति, भाषा सबै सिकाउने गरेका छौं । जुन अन्य विद्यालयले विरलै मात्र सिकाउने गरेका छन् । हामी विद्यार्थी, अभिभावक र शिक्षकलाई त्रिकोणात्मकरुपमा अगाडि बढाउने गरेका छौं । यसले अभिभावकले विद्यार्थी र शिक्षकको निगरानी, विद्यार्थीले अभिभावक र शिक्षकको निगरानी तथा शिक्षकले अभिभावक र विद्यार्थीको निगरानी गर्ने भएकाले हामीले यो विषयमा पनि गौरव गर्नै पर्छ । हामी शिक्षाका साथै अन्य अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिने गरेका छौं । यसले गर्दा हाम्रा विद्यार्थी जुनसुकै प्रतिष्प्रर्धामा पनि अब्बल सावित भएका छन् । यो हामी सबैका लागि र्गाैरव गर्ने विषय हो ।
यो सफलताको श्रेय कसलाई दिनुहुन्छ ?
– यो सफलताको श्रेय विद्यार्थी, अभिभावक, शिक्षक र शुभचिन्तक सबैलाई जान्छ । एकल प्रयासले केही पनि गर्न सकिन्न सबैको सामुहिक प्रयासले नै हो सफलता हासिल गर्ने भनेको । त्यसलै यो सफलताको श्रेय सामुहिक रुपमा सबैलाई छ । अभिभावकले आफ्ना नानीलाई घरमा पठनपाठनको राम्रो वातावरण र्सिजना गर्नु, विद्यालयमा हामीले बालमैत्री ढंगबाट शिक्षण सिकाई गराउनु । तथा विद्यार्थीलाई मैले केही गर्नुपर्छ भन्ने उत्प्रेरणा जाग्नु नै हामी सबैको सफलता हो । यो विद्यालयबाट नै अध्ययन गरेकी मेरी छोरी हाल अष्ट्रेलियमा बीएस्सी नर्सिङ गरिरहेकी छिन् । मेरो छोरा हाल यसै विद्यालयमा कक्षा ९ मा अध्ययनरत् रहेका छन् । म यो विद्यालयको पढाईबाट सन्तुष्ट छु । त्यसैले मेरा नानीहरु यसै विद्यालयमा अध्ययन गराइरहेको छु । सन्तुष्ट नहुनेले आफूले पढाउने गरेका विद्यालयमा आफ्ना छोराछोरी पढाउँदैनन् । तर, मैले यो विद्यालयमा नै अध्ययन गराई रहेको छु । त्यसैले हामी शिक्षण पेशामा सन्तुष्ट भएका छौं । यो सफलताको श्रेय मेनहती विद्यार्थी लगनशील शिक्षक र सहयोगी अभिभावलाई दिन चाहन्छु ।
आफ्नो बारेमा चिनाउनु पर्दा कसरी चिनाउनु हुन्छ ?
– झापाको बाहुनडाँगीमा २०२७ असार २४ गते मेरो जन्म भएको हो । श्रीमती समिसा सिटौंला(आचार्य) यसै विद्यालयमा अध्यापन गरिरहेकी छिन् । एक छोरी अष्ट्रेलियमा अध्ययनरत् रहेकी छिन् उनी यो विद्यालयमा नै अध्ययन गरेकी विद्यार्थी हुन् । छोरा यसै विद्यालयमा अध्ययनरत् रहेका छन् । मैले एमए र बीएड अंग्रेजीमा गरेको छु । नेपालका विभिन्न क्षेत्रको भ्रमण गरेको छु । भारतका विभिन्न स्थानमा गएर शैक्षिक क्षेत्रको विषयमा अवलोकन तथा अध्ययन गर्ने मौका पाएको छु । शैक्षिक गतिविधि कै सिलसिलामा अष्ट्रेलियामा पनि गएको छु । मैंले धेरै संघ–संस्थाबाट सम्मान पाएको छु । सम्मान गर्दा पनि धेरै आत्मसन्तुष्टि भएको छ । निरन्तर २० वर्षदेखि शिक्षण पेशामा रहेको छु । ममा प्रिन्सिपलको जिम्मेवारी सम्हालेको लामो अनुभव छ । मलाई बालबालिकासँग रमाउन मन लाग्छ । म बालबालिकासँग रमाउँदै अध्ययन गर्न बढी रुचाउँछु । मेरो जीवनको लक्ष्य भनेको यो विद्यालयलाई जिल्लाको मात्र नभएर देशकै उत्कृष्ट विद्यालय बनाउने रहेको छ । मैले आफू नै गृह जिल्लामा आएर सेवा गर्ने मौका पाएको छु । यसलाई निरन्तरता दिइरहने छु । यो विद्यालयबाट अध्ययन गरेका विद्यार्थीले भोलिका दिनमा जुनसुकै क्षेत्रको पनि नेतृत्व गर्न सक्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ । त्यसै अनुसार पनि म लागि रहेको छु । यसमा सबै शिक्षक अभिभाव र विद्यार्थीले साथ दिएकाले मेरो लक्ष्य पूरा हुने आशा राखेको छु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर