Aamsanchar

‘बिर्तामोडको एभरेष्ट स्मार्ट स्कूलमा अन्तर्राष्ट्रियस्तरको पढाइ’

Author Image
मङ्गलवार, चैत २९, २०७३

४५ बर्षदेखि अनवरत शिक्षा क्षेत्रमा जुटेका हरिकुमार प्रसाई २१औं शताब्दी सुहाउँदो शिक्षित र दक्ष जनशक्ति उत्पादनका लागि जुटेका छन् । बिर्तामोडको चिया बगानबीचको मनोरम वातावरणमा यसै शैक्षिक सत्रमा एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमी स्थापना गरेका प्रसाई भन्छन्– ‘बिदेशमा लाखौं खर्चेर हुने स्तरको पढाई अब बिर्तामोडको एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमी हुन्छ ।’ न्यूटन एजुकेशन एकेडेमीको सफलतापछि न्यूटनसँगै आधुनिक र गुणस्तरीय शिक्षाको ग्यारेन्टीमा उनी जुटेका हुन् । ‘हाम्रा विद्यार्थीले अब विश्वका जुन कुनामा पढेका विद्यार्थीसंँग पनि प्रतिष्पर्धा गर्न सक्छन्’ –एभरेष्ट स्मार्टका संस्थापक प्रिन्सिपल प्रसाई भन्छन्– ‘विद्यार्थीलाई समय सुहाउँदो शिक्षा र प्रतिष्पर्धामा अब्बल स्थापित गर्न यो अबधारणा ल्याइएको हो ।’ प्रसाईसँग एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमीका विषयमा गरिएको कुराकानी ः–
स्मार्ट स्कूल भनेको के हो ?
– अहिलेको २१औं शताव्दीको नयाँ प्रविधिसँग मिसाएर आउँदो पुस्तालाई शिक्षा दिने प्रविधि नै स्मार्ट स्कूल हो । प्रविधिको प्रयोगबाट जीवन उपयोगी र स्मार्ट शिक्षा दिइने ठाउँ हो । ४५ वर्षे शिक्षासेवाको अनुभवबाट म यो ग्यारेण्टी गर्छु कि एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमीमा पढेका विद्यार्थीले अब विश्वका जुन कुनामा पढेका विद्यार्थीसँग पनि प्रतिष्पर्धा गर्न सक्छन् । एभरेष्ट स्मार्ट स्कूलकै कुरा गर्ने हो भने यहाँ अन्तरक्रियात्मक रुपले सिक्नेछन् । सिकाइमा स्मार्ट बोर्ड प्रविधिको प्रयोग हुनेछ । स्मार्ट वेव पोर्टलमार्फत अभिभावकलाई नानीहरु विद्यालयमा उपस्थित भए÷नभएको एसएमएस मार्फत जानकारी हुन्छ । अन्तर्राष्ट्रिय स्तरको शिक्षण विधिको प्रयोग गरिन्छ । आईक्यू समाविष्ट पाठ्यक्रम हुनेछ । यी सबैसँगै मनोरम चिया बगानबीचमा रहेको यस विद्यालयमा सुविधायुक्त बालमैत्री खेलकुद स्थलको व्यवस्था छ ।
अब एभरेष्ट स्मार्ट स्कूलमा पढाइको तरिका र शिक्षक कस्ता हुन्छन् ?
यहाँ सबैकुरा स्मार्ट हुन्छ । शिक्षक स्मार्ट हुन्छन् । पढाउने तरिका स्मार्ट हुन्छ । परम्परागत पढाउने प्रविधिभन्दा फरक तरिकाले यहाँ पढाइन्छ । यहाँ प्रयोगात्मक तरिकाले पढाइने भएकाले विद्यार्थीलाई पढाएको कुरा बुझ्न सहज हुन्छ । सबै कक्षा कोठामा कम्प्यूटराइज डिजिटल बोर्ड राखिन्छ । वोर्डमा स्टिकले देखाइ–देखाई पढाइन्छ । यसरी पढाउँदा विद्यार्थीलाई पढाएको कुरा बुझ्न कुनै समस्या हुँदैन । हामीले कुनै विषयवस्तु विद्यार्थीलाई बुझाउनुप¥यो भने सदृस्य (वास्तविक चित्र भिडियोसहित) बुझाउँछौं । सुनेको भन्दा देखेको कुरा विद्यार्थीले बिर्सदैन । परम्परागत शिक्षामा त्यो हुँदैन थियो । कक्षा कोठामा गएर ब्याख्या विधिबाट पढाउँदा कुन विद्यार्थीले कति जान्यो त्यो मापन गर्न सकिँदैन । तर, स्मार्ट प्रविधिबाट पढाएका विद्यार्थीले तत्काल पढाएको कुराको मापन गर्न सकिन्छ ।
तपाईंलाई बिर्तामोडमा यस्तो स्कूल खोल्ने सोच कसरी आयो ?
अबको युगलाई चाहिने शिक्षाको विकास गर्न हामीले नसकिरहेको अवस्था छ । अबको जेनेरेशनले विश्वमा प्रविधिमैत्री वातावरणमा पढेका विद्यार्थीसँग प्रतिष्पर्धा गर्नुपर्छ । त्यस्तो अवस्थामा हामीकहाँ पढेका विद्यार्थीलाई निक्कै कठिन छ । त्यो कठिनाइबाट टाढा राख्न यो अवधारणा दुईवर्ष अघिबाटै मैले ल्याएको हूँँ । यो बीचमा भ्रमणको सिलसिलामा म अमेरिका पुगेको थिए । त्यो क्रममा त्यहाँ रहेका स्कूलको पढाइ सँगसँगै अतिरिक्त क्रियाकलाव पनि देखेँ त्यो बच्चाहरुका लागि अति प्रभावकारी लाग्यो । त्यस्तै भाषागत दृष्टिले पनि नेपालीहरु अंग्रेजीमा धेरै कमजोर । विश्वमा प्रतिस्पर्धाको लागि विद्यार्थी अन्तर्राष्ट्रिय भाषा अंग्रेजीमा उत्तिकै अब्बल हुनुप¥यो । त्यो देखिसकेपछि मैंले सोचेको अवधारणा लाई किन हामीले यहीं लागू नगर्ने भनेर गत भदौ महिनाबाट काम शुरु गरेका हौं । शिबसताक्षीका एकजना साथीले मलाई यो स्कूल दिनुभयो अनि त्यही स्कूलको नाम थोरै परिमार्जन गर्दै यो स्कूल शुरु गरेका हौं । यो स्कूलको ठाउँसारी र नाम सारीको काम पनि हामीले जिल्ला शिक्षा कार्यालय झापाबाट गरिसकेका छौं । अबका विद्यार्थीलाई कस्तो शिक्षा दिने भनेर मोडलको रुपमा यो स्कूल सञ्चालन गर्ने सोचका साथ हामी अघि बढेका छौं ।
एभरेष्ट स्मार्ट स्कूलको जग्गा कति छ ?
– शुरुमा यो स्कूलका लागि मैंले दुई विगाह जग्गा लिएको थिए पछि ठाउँ सानो हुन्छ भनेर थप एक विगाह तीन कठ्ठा लिएको छु । कूल जग्गा तीन बिगाह तीन कठ्ठा ।
लागत चाहि“ कति हो ?
– जग्गा पैतृक सम्पत्ति हो । यसको के हिसाब र । यो भवन, अनि प्रविधि । प्रविध महँगो हुँदोरहेछ । प्रविधि नै झण्डै एक करोड रुपैयाँको छ । सफ्वेर महँगो हुँदो रहेछ । हामीले भारतबाट यो प्रविधि ल्याएका हौं । हामीले यो प्रविधिमा ल्याव राख्नैपर्ने हुन्छ । क्म्प्युटर ल्याव, इङ्लिस ल्याङ्वेज ल्याव हामीले राखेका छौं । त्यसो गर्दा प्रविधि मात्रै करोडको हाराहारीमा छ । एउटा कम्प्यूटरमा सफ्वेर जडान गर्दा भारतीय ३० हजार पर्दाेरहेछ । त्यसमा ल्यापटपका लागि ३० देखि ५० हजार । अनि अन्य प्रविधि गर्दा एउटा ल्यापटपमा प्रविधि जोड्न नै एक लाख लाग्दो रहेछ । त्यसमा इलेक्ट्रोनिक वोर्ड, हाजिरीका लागि पनि इलेक्ट्रोनिक्स सिस्टम गर्दा प्रविधि नै महँगो परेको छ । अहिलेसम्म यो स्कूलका लागि हामीले तीन करोड रुपैयाँ लगानी गरिसकेका छौं । अब त्यतिले मात्र आठसम्मका लागि १० वटा कोठा, दुईवटा हल र एउटा किचन हल र अफिस तयार भएको छ । पहिलो चरणको काम लगभग सकिएको छ । हाम्रो अवधारणा भनेको १२ कक्षासम्मको हो । हामी यसलाई निरन्तरता दिइरहन्छौं । आउँदो सेसनमा कक्षा नौं चल्ने भएकाले विद्यालय निर्माणको हाम्रो कार्य निरन्तर चलिरहन्छ । हामीले सबै क्षेत्रसँग सहयोगको अपेक्षा पनि गरेका छौं । सबैको साथ र सहयोग रह्यो भने १२ कक्षासम्म विद्यार्थीलाई स्मार्ट शिक्षा प्रदान हामी तत्पर छौं ।
कति विद्यार्थीले अध्ययन गर्न सक्छन् यो स्कूलमा ?
– अहिले परबाट विद्यार्थी आउने कुनै भएन । पाँच कक्षासम्म प्रतिकक्षा २५ जनाका दरले र पाँचदेखि माथि ८ सम्म ३० जनाका दरले विद्यार्थी हुन्छन् । त्यो भन्दा बढी विद्यार्थी भए भने कक्षा विभाजन गरेर अर्काे सेक्सन पढाउँछौं । यो स्कूल लेभलको मात्रै सोच हो । त्यो भन्दा माथि जग्गाले पुग्दैन । त्यसका लागि थप ५–७ विगाह जग्गा चाहिन्छ । त्यो जग्गा थप्न सकियो भने हामी त्यता पनि सोच राख्छौं । पाँच वर्षपछि भने हामीले युनिभर्सिटीको पनि सोच राखेका छौं ।
न्यूनतम् फि कति बुझाउनुपर्छ विद्यार्थीले यहा अध्ययन गर्दा ?
– भारतको शिलगढी, दार्जिलिङ, खर्साङ, कलकत्ता अनि नेपालको पनि काठमाडौंमा गएर पनि मैंले फि को विषयमा बुझेको छु । ती स्कूलको तुलनामा यहाँ त ज्यादै थोरै छ । शिलगढीको गोइन्क स्कूलमा आईसी २०–२२ हजार रुपैयाँ मासिक फि रहेछ । हामीले त्यो भन्दा अपग्रेड गरेर प्रविधि भित्र्याएका छौं । त्यहाँभन्दा स्तरीय शिक्षा यहाँ उपलब्ध छ । यहाँ पढ्ने द्यिार्थीलाई ज्यादै न्यून शुल्क १० देखि १३ हजारसम्ममा पढाउँछौं । मासिक फि भनेर ४५ सय रुपैयाँ मात्र हुन्छ । अन्य शुल्क चाहिँ खानपिनका लागि हुन्छ । बिहान ८ देखि साँझ ५ बजेसम्म विद्यालयमा विद्यार्थी रमाएर पठ्ने र खेल्नेछन् ।
बिहान ८ देखि सा“झ ५ बजेसम्म विद्यार्थीका लागि दैनिक कस्तो तालिका बनाउनुभएको छ ?
– हामी विद्यार्थीलाई बिहान आठ बजे नै स्कूल ल्याउँछौ । शुरुमै हामी विद्यार्थीलाई योग र मेरिटेशन गराउँछौं । कोही योगा गर्छन् । कोही संगीतमा जान्छन् । कोही खेल्छन् । कोही नृत्यमा जान्छन् । हामी एक घण्टा विद्यार्थीलाई त्यसरी मनोरञ्जन प्रदान गछौं । त्यसपछि शुरुमा व्रेकफाष्ट गराउँछौ । अनि हामी पढाउन शुरु गर्छौं । ९ः४५ वाट कक्षा शुरु गरेपछि तीन बजेसम्म पढाउँछौं । बीचमा लञ्च हुन्छ, ३ बजेपछि हामी उनीहरुलाई फेरि खाजा खुवाउँछौं । त्यसपछि दिनभरि पढेको कुरा हामी फेरि समराइज गरेर वर्क गराउँछौं । त्यति गर्दा चार बज्छ । अनि बचेको एकघण्टा समय हामी उनीहरुलाई विभिन्न प्रकारको खेलकुदमा राख्छौं । यसो गर्दा उनीहरुको खेलकुदप्रतिको रुची बढ्छ र खेलको समेत विकास भएर जान्छ । यसरी दक्ष र स्वस्थ जनशक्ति निर्माण हाम्रो प्राथमिकता हुनेछ ।
अनि शिक्षक चाहि कहाबाट व्यवस्थापन गर्नुभएको छ ?
– केही यहीका शिक्षक हुन्छन् । अनि केही चाहिँ हामी बाहिरबाट पनि ल्याएका छौं । हामीले ६० प्रतिशत शिक्षक छानिसकेका छौं । उहाँहरु सबै दक्षता हासिल गरेका हुनुहुन्छ ।
अंग्रेजी ल्यावको पनि कुरा गर्नुभएको छ । के हो अंग्रेजी ल्याव भनेको चाहि ?
– अंग्रेजी बोल्दा अरिजनल लवजमा बोल्न सक्ने बनाउने विधि हो अंग्रेजी ल्याव । बोल्दा अरिजनल भाषामा कसरी बोल्नुपर्छ भन्ने ज्ञान दिन्छौं । त्यसका लागि सफ्वेरको नै विकास भएको रहेछ । त्यसैका माध्ययमबाट यहाँ पढाइन्छ । यसो गर्दा भाषागत रुपमा पनि विश्वमा बोलीले अंग्रेजी सहजै बोल्न सक्छन् विद्यार्थीले ।
तपाईंले स्थापना गरेको एभरेष्ट स्मार्ट स्कूलमा किन पढ्न आउने ?
– २१औं शताब्दीको प्रविधियुक्त शिक्षा लिने हो भने एभरेष्ट स्मार्ट स्कूलमा आउनु पर्छ । परिवारको भरोसाका रुपमा रहेका सन्ततीको भविष्य तथा परिवारको भविष्य भनेको अहिलेको समय सुहाउँदो शिक्षा नै हो । त्यसैले अबका अभिभावक विद्यार्थीलाई भोलि पछुतो नहोस् भनेर हामीले यो स्मार्ट स्कूल स्थापना गरेका हौं । विश्वका जुनसुकै कुनामा पुगेर पनि आफूलाई अब्बल साबित गर्नुछ भने एभरेष्ट स्मार्टको प्रविधियुक्त आधुनिक र जीवनोपयोगी शिक्षा आवश्यक छ ।
प्रस्तुतिः सुरेन्द्र भण्डारी (तस्वीरः विनोद पाण्डे)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 411

प्रतिक्रिया (०)

सम्बन्धित खबर