Aamsanchar

मानव बेचबिखनमा वृद्धि

Author Image
आइतवार, वैशाख ३, २०७४

काठमाडौं,

पछिल्लो समय मानव बेचबिखनको संख्या बढ्दै गएको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उपलब्ध गराएको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७१/७२ मा एक सय ८१ वटा मानव बेचबिखनको मुद्दा दर्ता गरिएकामा आर्थिक वर्ष २०७२/७३ मा वृद्धि भई दुई सय १८ पुगेको छ ।

जनअधिकार मञ्चले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रियामा ब्युरोका प्रहरी उपरीक्षक किरण वज्राचार्यले काभे्रपलाञ्चोक, नुवाकोट, रामेछाप, मकवानपुरलगायत स्थानका नागरिक वैदेशिक रोजगारीको प्रलोभनमा बेचबिखनमा परेको जानकारी दिनुभयो ।

ब्युरोका अनुसार भूकम्प प्रभावित क्षेत्रका मानिस रोजगारीका लागि बाहिर गएकामा महिला बढी जोखिममा परेका छन् । प्रहरीले दर्ता परेका आधारमा अनुसन्धान गरी अदालतमा मुद्दा चलाएको बताइएको छ । मञ्चले काभ्रेपलाञ्चोकसहित नौ जिल्लामा गरेको अनुसन्धानानुसार ३६ जना सोझासिधा गाउँलेका मिर्गौला बिक्री गरिएको छ ।

दलालले गाउँलेलाई रोजगारी तथा पैसाको लोभ देखाएर भारतका चेन्नई, चण्डीगढ र नयाँ दिल्लीमा लगेर बिक्री गरेको पाइएको छ । मिर्गौला बेचिएका गाउँलेमध्ये ३० पुरुष तथा ६ महिला छन् ।

मिर्गौला बेचिनेमा ब्राम्ह्ण, जनजाति र दलित समुदायका बढी छन् । मञ्चका प्रमुख सतीश शर्माका अनुसार उनीहरुलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मको लोभ देखाइएको भए पनि ५० हजार रुपयाँैदेखि एक लाख रुपैयाँसम्म उपलब्ध गराइएको छ । उनीहरुको आर्थिक अवस्था अहिले दयनीय बन्दै गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर