Aamsanchar

यी मानिस भेट्नेलाई ५० हजार पुरस्कार घोषणा

Author Image
सोमवार, वैशाख ४, २०७४

बिर्तामोड ।
झापा कनकाई नगरपालिका–१ प्रजापति निवासी ७३ वर्षीय रामप्रसाद गिरी करिब एक महिनादेखि बेपत्ता भएका छन् ।
उनलाई फेला पार्ने तथा उनीबारे सूचना दिने जोकोहीलाई ५० हजार रुपैयाँ पुरस्कार दिने गिरी परिवारले घोषणा गरेको छ । गत चैत ८ गते घरबाट आसाम ९भारत० जान भनी हिंडेका उनी हालसम्म कही कसैको सम्पर्कमा फेला परेका छैनन् । गिरीको पुरानो थाकथलो आसाम भए पनि चार वर्षदेखि झापाको कनकाई प्रजापतिमा बसोबास गर्दै आएका थिए ।
वैशाख ३ गते जसरी पनि आइपुग्छु भनेर हिंडेका रामप्रसाद न आसाम पुगे न कसैको सम्पर्कमा नै भेटिए । आफ्ना पिताबारे जानकारी दिने तथा फेला पार्ने मानिसलाई ५० हजार रुपैयाँ पुरस्कार दिने उनका छोरा टंकबहादुरले बताए ।

मानिस हराएको सूचना
भेट्नेलाई ५० हजार रुपैयाँ पुरस्कार
झापा कनकाई नगरपालिका १ प्रजापति निवासी ७३ वर्षीय रामप्रसाद गिरी २०७३ चैत ८ गते आसाम ९भारत० जान्छु भनी घरबाट हिंडेको तर आजसम्म उहाँबारे कही केही सूचना फेला नपरेको हुँदा उहाँलाई फेला पार्नु हुने महानुभावले निम्न सम्पर्क नं। तथा नजिकको प्रहरी कार्यालयमा खबर गरी जिम्मा लगाइदिनु भए ५० हजार रुपैयाँ पुरस्कार स–धन्यवाद प्रदान गरिने व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।
छोरा टंकबहादुर गिरी
९८१४०७३७६५
कनकाई नगरपालिका–१ प्रजापति

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 324

प्रतिक्रिया (०)

सम्बन्धित खबर