Aamsanchar

‘’युएईमा नयाँ बर्षको अवसरमा भोजपुर समाजको वनभोज’’

Author Image
मङ्गलवार, वैशाख ५, २०७४

भरत शिवाकोटी,

   [युएई]

भोजपुर जिल्लाबाट बैदेशिक रोजगारीको सिलसिलामा युएईमा आएर कार्यरत भोजपुर जिल्लामा बसोबास गर्ने भोजपुरेहरू बिच एकता,सहकार्य र बिपतमा परेका नेपालीहरुलाई सहयोग गर्ने मुख्य उदेश्य लिएर स्थापना भएको भोजपुरवासीहरुको सामाजिक संस्था भोजपुर सेवा समाज, युएई ले नयाँ बर्ष २०७४ को अवसरमा आपसी सम्बन्ध थप दरिलो बनाउने उदेश्यले बनभोज आयोजना गरेको छ । दुबई राज्यमा अवस्थित जाबेल पार्कमा गत १४ अप्रिल २०१७ अर्थात वैशाख १ गते आयोजीत उक्त बनभोज कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरुको साथमा स्वादिस्ट नेपाली खानाका परिकारहरु सँगै भोजपुरेहरुले नयाँ बर्षको शुभकामना साटासाट गरेका थिए |

आपसी सहयोग र सहकार्य द्वारा युएईमा आपत-विपतमा परेका भोजपुरवासीहरुको उद्दार तथा सहयोगमा समर्पित रहने समाज भोजपुर जिल्लाको सामाजिक, आर्थिक ,शैक्षिक , पर्यटकिय, भौतिक तथा समग्र विकास निर्माण कार्यमा समेत सहयोगी भएर कार्य गरिरहेको समाजका संस्थापक तथा वर्तमान अध्यक्ष भक्त बहादुर तामाङ ले जानकारी दिएका छन ।

बनभोज कार्यक्रममा स्थानीय कलाकारहरु नन्दु राई,नवोदित मोडेल राजेश पाण्डे, संगीता चापागाईं,यादु कला राई, सन्चिता बोहोरा,मगल आले लगायतले गित,नृत्य एवं विविध मनोरन्जनात्मक प्रस्तुतिहरु उपस्थित जनमानसमा पस्कदा हर्ष उल्लास छाएको थियो | दिपक श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका संस्थापक तथा वर्तमान अध्यक्ष भक्त बहादुर तामाङ,सचिव टिकाराम श्रेस्ठ,प्रवक्ता जिना चाम्लिङ राई लगायत समाजका समिती तथा सल्लाहाकारहरुको साथमा युएईको विभिन्न स्थानहरुमा छरिएर रहेका भोजपुरवासी तथा अन्य नेपालीहरुको उपस्थिति रहेको थियो भने सुरेन्द्र लामाले कार्यक्रम संचालन गरेका थिए |

युएइको विभिन्न स्थानमा कार्यरत भोजपुरवासी एवम अन्य नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका अनेकौं समस्याहरुलाई समाधान गर्दै आफ्नो देशको स्थानीय चाल-चलन,कला, संस्कृति, इतिहास लगायतलाई जगेर्ना गर्दै व्याक्तिको व्याक्तित्व विकास तथा समाज सेवाका कार्यमा विगतमा भन्दा अझै बढी कार्य गर्दै आगामी दिनहरुमा अघि बढने समाजका कोषाध्यक्ष सुरेन्द्र लामाले जानकारी दिएका छन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर