Aamsanchar

नैतिक शिक्षाछायाँमा प¥यो

Author Image
मङ्गलवार, वैशाख ५, २०७४

झापा,

[सुमन शर्मा जमरकट्टेल,
शिक्षासेवी]     

विगत २१ वर्षदेखि शिक्षा क्षेत्रमा अनवरत रुपमा क्रियाशील युवा व्यक्तित्व हुन् सुमन शर्मा जमरकट्टेल । झापालाई कर्मथलो बनाएर ‘सीपयुक्त र व्यवहारिक शिक्षा आजको आवश्यकता’ भन्दै उनी निरन्तर यही पेसामा क्रियाशील छन् । भारतको सिक्किमबाट स्नातकसम्मको अध्ययन गरेका उनी विभिन्न शिक्षासँग सम्वन्धित संघ–संस्थासँग पनि आवद्ध छन् ।
झापाको साविक शनिश्चरे गाविसमा आमा कृष्णमाया कट्टेल र वुवा स्वर्गीय रत्नप्रसाद कट्टेलका छोरा हुन् उनी । कृषि पेसालाई आफ्नो कर्म बनाएका उनको परिवारले अध्ययनका लागि खर्च जुटाउन नसक्दा उनले अध्ययनका लागि चाइनिज पेन र थरमस बेचेर पढाइ खर्च जुटाएको स्मरण अझैं सुमनको मासस्पटलमा ताजै छ । जाँगर र इच्छाशक्ति भए जस्तोसुकै

परिस्थितिमा पनि अध्ययन गर्न सकिने बताउने                                      उनले उच्च शिक्षा भने मामा घरमा बसेर भारतको सिक्किमबाट गरेका हुन् ।
उच्च शिक्षा अध्ययनपछि नेपाल फर्किएका उनी त्यसयता निरन्तर शिक्षा पेसामा आवद्ध भई गरीब  तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्थासहित रोजगारमुलक शिक्षण पेशामा सक्रिय छन् । आफ्ना पिताको सम्झनामा उनले साविक शनिश्चरे–५ मा देवभूमि विद्यापीठ अंग्रेजीमावि सञ्चालन गरेका छन् । २०६० सालमा पिताको निधनपछि उनले आफूलाई अध्ययन गराउनका लागि पसिनाले सिञ्चाई गरेको भूमिमा पिताको स्मृतिमा सुविधा सम्पन्न विद्यालय स्थापना गरेका छन् । झण्डै तीन करोड ७० लाख रुपैयाँ खर्चिएर उनीसँगै अरु चारजनालाई शेरय सदस्य बनाएर सञ्चालनमा ल्याइएको विद्यालयमा अहिले पाँच सय ४२ जना विद्याथीले युग सुहाउँदो गुणस्तरीय शिक्षा आर्जन गरिरहेका छन् भने ३५ जनाले रोजगारी पाएका छन् ।
मन्टेश्वरीको अवधारणा भित्र्याएका उनले बिर्तामोडमा वोस्टन मन्टेश्वरी स्कूल, लिङ्कन मन्टेश्वरी स्कूलसमेत सञ्चालन गरेका छन् । त्यसयता झापाका विभिन्न स्थानमा मनेश्वरी सचलनमा आएका छन् । विद्यार्थीलाई सिकाईमा स्वतन्त्रता र स्वत स्र्फूतरुपमा अध्ययन गर्ने वातावरण सिर्जना गर्नुपर्छ भन्ने धारणा राखेका उनले उच्च शिक्षा अध्ययनका लागि विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई मध्यनजर गर्दै वोस्टन एजुकेशन फाउण्डेशनसमेत सञ्चालनमा ल्याएका छन् । जहाँबाट उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी विदेश जानका लागि परामर्शसहित सो सम्बन्धी ज्ञान आर्जन गर्छन् ।
सिक्किममा अध्ययनपछि उनी मध्यपहाडी जिल्ला सर्लाहीमा अध्यापन गराउन पुगेका थिए । केहीसमयसम्म त्यहाँ अध्ययन गराएका उनले बिर्तामोडमा नै विद्यालय स्थापना गरे । सोही विद्यालयमा अहिले स्मार्टक्लास सञ्चालनको तयारी गरिरहेका छन् र यसै शैक्षिक सत्रबाट स्मार्ट क्लास सञ्चालन गर्ने भएका छन् । शिक्षामा आमूल परिर्वतनको नाममा नैतिक शिक्षा छायामा परेको प्रति उनी चिन्तित छन् ।

व्यवहारिक शिक्षा विना घोकन्ते शिक्षाले मात्र विद्यार्थीको चौतर्फी विकास नहुँने भन्दै व्यवहारिक शिक्षामा जोडदिन उनको सबैसँग अफिल छ । विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक र सिपयुक्त शिक्षा प्रदान गर्नुपर्नेमा उनको जोड छ । नेपाल कृषि प्रधान देश भएको र कृषि सम्बन्धी पनि तालिम आवश्यक रहेको बताउँछन् उनी । विद्यालय स्तरबाटै विद्यार्थीलाई रुची अनुसारको शिक्षा प्रदान गर्नुपर्ने उनको भनाइ छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न विद्यालयमा गठित बालक्लवसँग सहकार्य गर्दै विद्यार्थीको शैक्षिक गुणस्तरमा सहयोग पु¥याउने उनको सोच छ । पछाडि पारिएका समुदायका बालबालिकालाई विभिन्न छात्रावृत्तिका कार्यक्रम सञ्चालन गर्दै युग सुहाउँदो शिक्षा प्रदान गर्ने उनको अर्काे लक्ष्य छ । विद्यालयमा अध्ययनरत् नानीहरुको प्राप्ताङ्कभन्दा उनीहरुको शिष्ट सभ्य असल कसरी बनाउन सकिन्छ भन्ने विषयमा गोष्ठी सञ्चालन गर्दै आफ्नो मौलिकपनलाई जोगाइराख्न उनले  सबैलाई आग्रह समेत गरेका छन् ।
प्रस्तुति : सुरेन्द्र भण्डारी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर