Aamsanchar

ऋणीको मृत्यु हुँदा सबै ऋण मिनाह

Author Image
शनिवार, वैशाख ९, २०७४

(सरेन्द्र भण्डारी)
झापा।

के तपाईले कुनै वैंक तथा वित्तीय संस्थाबाट ऋण लिनुभएको छ । लिनु भएको छ भने तपाईलाई थाहा नै होला ऋणीले ऋण तिर्न नसक्दा   ऋण लिंदा धितोमा राखेको अचल सम्पत्ति लिलामी हुन्छ । तर, झापाको बिर्तामोड नगरपालिकामा रहेको एक सहकारी संस्थाले सहकारीबाट ऋण लिएर तिर्न नपाउँदै ऋणीको मृत्यु भए सबै रकम  मिनाह गर्ने गरेको छ । बिर्तामोड नगरपालिका–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सहकारीमा आवद्द लघुवित्त सदस्यको निधन भए ऋण मिनाह गर्ने गरेको छ ।
यसैक्रममा सहकारीले बिर्तामोड शाखाबाट लघुवित्त कार्यक्रम अन्र्तगत ऋण लिएका श्रेष्ठ परिवारको एकलाख ७० हजार रुपैयाँ ऋण मिनाह गरेको छ । बिर्तामोड नगरपालिका – ४ मा रहेको सफल सहारा महिला समूहको समूह नम्वर  १० कि सदस्य मीनाकुमारी बैरागी(श्रेष्ठ)को सडक दुर्घटनामा परी निधन भएपछि उनले सहकारीबाट लिएको सम्पूर्ण ऋण सहकारीले मिनाह गरेको शाखा प्रमुख रायले बताउनुभयो  ।
श्रेष्ठको परिवारलाई कर्जा मिनाहा मात्र नभएर मेटलाईफ (विमा कम्पनी)  मार्फत प्राप्त दोब्बर रकम समेत  मृतकका श्रीमान राजुप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । सहकारीले श्रेष्ठ परिवारलाई हस्तान्तरण गरेको रकमबाट मृतकका नावालक छोराको लालनपालन र पढाइखर्चका लागि एक लाख ४० हजार रुपैयाँ बचत खातामा राखिदिएको शाखा प्रमुख रायले बताउनुभयो  ।  रकम हस्तान्तरण कार्यक्रम समूह की अध्यक्ष सीता राईको सभापतित्वमाभएको थियो भने कार्यक्रमको संचालन  सेवाकेन्द्रका  कर्मचारी उमेश चौधरीले गर्नुभएको थियो ।
सहकारीले आफ्ना सदस्यलाई राहत दिन र ऋणीको मृत्युपछि आफूले लिएको ऋणको भार परिवारले लिनु नपरोस् तथा मृतकको काजक्रिया गर्न सहजहोस्  भन्दै यस्तो कार्यक्रम सञ्चालन गरिएको सहकारीका  बिर्तामोड शाखा प्रमुख  रायले  बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर