Aamsanchar

नक्कली सैनिक परीक्षार्थी पक्राउ

Author Image
आइतवार, वैशाख १०, २०७४

इटहरी ।

नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीले सैनिक भर्तीका लागि लिएको लिखित परीक्षामा नक्कली परीक्षार्थी भई परीक्षामा संलग्न भएको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिई कारबाहीका लागि इलाका प्रहरी कार्यालयमा बुझाइएको छ ।

इटहरी उपमहानगरपालिका–४ आइतबारेस्थित विश्वआदर्श कलेजको परीक्षा केन्द्रमा सञ्चालन भइरहेको लिखित परीक्षामा परीक्षार्थीका नाममा नक्कली परीक्षार्थी भई हलमा परीक्षा दिइरहेको अवस्थामा सुनसरी बराह नगरपालिकाका पासाङ राई र धनकुटाका धनबहादुर राई पक्राउ परेको बताइएको छ ।

अभियुक्त दुवैलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालयका प्रहरी हिरासतमा राखेर आवश्यक सोधखोज र अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर