Aamsanchar

हतियार सहित पक्राउ

Author Image
आइतवार, वैशाख १०, २०७४

झापा ,

भारत पश्चिम वंगाल राज्य दार्जलिङ प्रधाननगर थाना हात्तिडुवा बस्ने १८ बर्षीय राजु साहलाई प्रहरीले एयरगन १ थान र सोमा फिट हुने २ सय ग्राम काँटी (बुलेट) सहित पक्राउ गरेको छ ।

प्रहरीले साहसँगै आएका सोही ठाउँ बस्ने १८ बर्षीय अजय गुरुङ, र १८ बर्षीय  अजित महतोलाई समेत नियन्त्रणमा लिएको छ ।

इलका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बल भंसार तथा सुरक्षा राजस्व  गुल्म काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित भन्सार कार्यालयको ढाटमा शनिबार भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरु मध्ये साहले कागजले बेरेर हातमा बोकी ल्याएको अवस्थामा उक्त एयरगन बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर