Aamsanchar

पूजाको प्रसाद खाँदा एक सयभन्दा बढी बिरामी

Author Image
सोमवार, वैशाख ११, २०७४

विराटनगर ।

विराटनगर उपमहानगरपालिका–१९ घिनाघाटस्थित पञ्चकन्या टोलको एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा एक सयभन्दा बढी बिरामी परेका छन् ।

ईश्वरी पौडेलको घरमा लगाइएको पूजाको प्रसाद खाएकाहरुमा झाडापखाला लाग्ने, बान्ता आउने, टाउको दुख्नेलगायतका समस्या देखिएको हो ।

पौडेलको घरमा चार दिन अघि लगाइएको घरपैंचो पूजामा रोटी, तरकारी र अचार खाएपछि बिरामी परेको स्थानीय नवराज ढुंगानाले बताए ।

बिरामीहरुको कोशी अञ्चल अस्पताल र नोवेल अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर