Aamsanchar

सुकुबासीको समस्या नियालेर पहलकदमी लिने छु

Author Image
आइतवार, वैशाख १७, २०७४

खुदुनाबारी,

साविक खुदुनाबारी क्षेत्रको लागि नारायण पौडेल चिरपरिचित व्यक्तित्व हुन् । अहिले खुदुनाबारी–६,७,८ र ९जोडेर अर्जनधारा ३ कायम भएको छ । दुई दशक देखि उनी सामाजिक सहित क्षेत्रमा निरन्तर संक्रिय भएर लाग्दै आएका छन् । वर्तमानमा उनी नेकपा माओवादी केन्द्रबाट सर्वसम्मत रुपमा वडा अध्यक्षका उम्मेदार समेत हुन् । वडा क्षेत्रका गतिविधिका बारेमा पौडेल सँग सागर गौतमले गरेको कुराकानी ।
१.तपाईको उम्मेदारी के का लागि पो ?
मेरो उम्मेदारी विकास र सवृद्धिको लागि । १० वर्षको जनयुद्धको बलिदान,हिजो हामीले पाएको मुदा स्थानीय स्तरको रुपमा पाएको अवस्था पाउनुपर्छ । जुन हिसाबले हामी जनयुद्ध मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सफल भयौं ।

यो गर्ने क्रममा हजारौं सहिद भए । बृजारोपण हामीले गरियो, यसको कार्यान्वयन गर्ने सोच,विचार अनि योजना पनि हामी सँग मात्र छ । अन्य राजनैतिक दलहरुलाई यसको माया छैन् । त्यसैले माओवादीले चुनाव जिप्नुपर्छ र जिप्नेमा म विश्वस्त रहेको छु ।
२. तपाईका वडा विकास कार्यक्रम के छन् ?
पहिलो कुरा त साविक खुदुनाबारीका विभाजित वडाहरु सम्रग अर्जनधारा नगर ३ भैइसकेको अवस्था छ । यो क्षेत्रलाई स्मार्ट वडा विकास गदै लैजाने छु । जसमा साविक वडाहरुको सडक सञ्जाल,कच्ची बाटाहरु,टोल–टोलमा नगरपालिका सहित मापदण्ड अनुसार सबै वडालाई हुने खालको रिङ्गरोट,अवस्थित देखिन्छ,त्यसलाई व्यवस्थित तरिकाले अघि बढाउने छु ।

नदी कटानको समस्याको कुरा गर्दा खुदुनाबारीमा देखिएका त्यस्ता समस्यालाई ग्रिनवेल्टको अवधारणा विकास गदै अल्पकालिन र दिर्घकालिन तटबन्ध सहिनत बृक्षारोपण गर्ने यी दुइवटा कुराहरुलाई जोडेर लैजादा आधुनिक ढङ्गबाट वडाको विकास गरेर लैजान सक्छौं । सयौं वर्षदेखि लालपूर्जा बिहिन जग्गा विगतमा अन्य दलका कारण जनता यो चिजबाट बञ्जित हुन पुगे । नगर सँग अधिकार भए आफूले बलिदान गरेर यो काम गर्ने मेरो संकल्प रहेको छ ।

भूमिहिन सुकुबासीको समस्या नियालेर पहलकदमी लिने । खुदुनाबारीको आर्थिक स्रोतको पहिचान गरिनेछ । जसमा दुइवटा सामुदायिक वन,झापाकैं ठूलो पशु बजार,राज्यबाट पाउने रकम समन्वयतापूर्वक ढङ्गले तीव्र रुपमा सामाजिक क्षेत्रको रचनात्मक र श्रृर्जनशील काममा लगानी गर्ने सोच रहेको छ । कौदले लाई पर्यटक पूर्वाधार विाकासका लागि १ वर्षभित्र सम्रग विकास जसमा खेलमैदान,आर्थीक रकम बढाएर क्षेत्रीय रङ्गशाला,तेस्रो मुलुक पुनर्वास भएका शरणार्थीको नाममा स्मृति बगैंचा.अन्तराष्ट्रिय पहिचान झल्कने बनाउने सोच छ । जसले गर्दा शरणार्थीले समेत गौरवको महसुस हुनेछ,आर्थिक,उन्नत्ती हुनेछ ।

सोही क्षेत्रमा अग्लो काठको शरणार्थी मण्डप बनाउने सोच छ । जसमा शरणार्थी बिदाको समय लिएर दुईचार दिन बस्न घुम्न सकुन । पर्यटन र पूर्वाधार विकास सुरुवात गरिनेछ । ऐतिहासिक सुखानी सहिद पार्कको संरक्षण गदै विश्वको कम्युनिष्टहरुको तीर्थस्थलको रुपमा विकास गरिने छ । शिक्षा,स्वास्थ्यको कुरा गर्दा जनता उच्च माविलाई मास्टर डिगी सम्म अध्ययन अध्यापन गराउन पहल गर्नेछु ।

स्वास्थ्य चौकी खुदुनाबारीलाई एमबीएस स्तरको डाक्टर राख्ने वातावरण सिर्जना गर्नेछु । आकाशे खेती भएको ठाँउमा कुलो नहर सहिद सुखानी हाल साविक ७ र ८ मा झोलुङ्गे पुल बनाउने काम अगाडि बढाउने छु । नदीकटानको बसोबासको ग्यारेष्टी गर्नेछु । भित्रिगाँउको तटबन्धलाई ख्याल गर्नेछु । बचेको समय जनताको सुख दुखमा साथ दिने छु ।
३. तपाईको सोच,विचार,योजना त सुन्दर छन् तर तपाई चुनाव लडेको क्षेत्रमा माओवादी कमजोर छ भन्छन् अन्य राजनैतिक दल ?
मलाई त्यस्तो लाग्दैन,काग्रेस,एमालेसँग नौतिक हिसाबले मत माग्ने अधिकार छैन् । ती दलका संघीयता,गणतन्त्र,धर्मनिर्रपेक्षता,समानुपातिक अवधारणा हाम्रो हो । एजेन्टा नभएको सँग चुनाव लड्न गाहो पटक्कै हुदैन । म पराजय हुन्छु पटक्कै लाग्दैन,हाम्रो डरले विपक्षीले उम्मेदार अहिले सम्म खडा नगरेको हुनाले हाम्रो विजय सुनिश्चित छ ।
४.तपाईको राजनैतिक र सामाजिक पृष्ठभूमि बारे मतदाताहरुलाई स्पष्ट्र पारीदिनु हुन्थ्यो कि ?
अहिले मेरो जीवनको मध्य भाग उर्भर चलिरहेको अवस्था छ । म ४६ साल देखि कुनैन कुनै हिसाबले जनतासँग नै छु । सुख दुखमा सधैं छु । वडा केन्द्रित राजनैतिक,सामाजिक संघसंस्थामा जिम्मेवारी समाल्दै सहयोग गदै आएको छु ।

यो अवस्था सम्म आउँदा जनताले अत्यन्तै रुचाएको अवस्था एकखालको मतदान गर्ने अवस्था सिर्जना भएको छ । नजिकबाट बुझ्न पाएको छु । म तत्कालिन खुदुनाबारी नेकपा माओवादीको संस्थापक सहसचिव रहेर निरन्तर पार्टीका गतिविधिमा सामेल रहदै जोडिदै आएको छु । त्यसैमा मेरो भूमिका छ समायोजन भएको वडामा मुख्य जिम्मेवारीमा रहेर पार्टी संगठनको काम गदै आएको छु ।
५.अन्त्यमा भन्न मन लागेका कुरा केही छ कि ?
सबै वडाबासी आमा,बुबा,दाजुभाई,दिदीबहिनीहरुमा के अपिल गर्छु भने पछाडि र अग्रमन चाहने,तीव्र धुव्रीकरण भएको स्थानीय तहको निर्वाचन हो । हिजो कसले के गदै आयो भन्ने कुरा छौंडौं । हाम्रो र मेरो भन्दा राम्रो मान्छेलाई छानौं । खुदुनाबारीको मुहार फेर्ने कुरामा लागौं ।

जिवनमा केही कमाइएन,खुदुनाबारीको मुहार फेर्ने कुरामा लाग्ने बेला आएको छ । लाग्दै जाँउ । मेरो बाँकी जिवन उमेरको हिसाबले बिच भागमा चलिरहेको अवस्था छ,अबको समय जनतासँग घुलमिल हुने,काम गर्ने सबैको साथ सहयोग पाउने अपेक्षा लिएको छु ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर