Aamsanchar

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता : निलम्बनको पत्र राष्ट्रपति कार्यालयमा पठाइयो

Author Image
आइतवार, वैशाख १७, २०७४

काठमाडौं :

प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का एक चौथाई सांसदले व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन्।
नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) नियुक्ति प्रकरणको मुद्दा फैसला गर्दा कार्यकारी अधिकारमाथि हस्तक्षेप गरेको, न्यायालयको स्वतन्त्रतामा हस्तक्षेप गरेकोलगायत विभिन्न आरोप लगाउदै कांग्रेस र माओवादीका सांसदले आइतबारसंसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

दर्ता लगत्तै प्रधानन्यायाधीश कार्कीको निलम्बनको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको छ ।

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्मा प्रस्तावमा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थक माओवादी केन्द्रका प्रमुख सचेतक टेक बस्नेत छन्। नेपाली कांग्रेस र माओवादीका दुई सय ४९ सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीश कार्कीविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएको हो।

महाअभियोग दर्ता सम्बन्धमा अन्नपूर्णसँग कुरा गर्दै सरकारका महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले भन्नुभयो, ‘आइजीपी विवादमा पहिलो व्यक्तिलाई दोस्रो र दोस्रोलाई पहिलो बनाइयो र अदालतमा गुटबन्दी गरियो त्यसैले उहाँ विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ।’-अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर