Aamsanchar

एमाले घोषणापत्र सोमबार मात्र

Author Image
आइतवार, वैशाख १७, २०७४

काठमाडौँ।

आइतबार सार्वजनिक हुने भनिएको नेकपा ९एमाले० को चुनावी घोषणापत्र सम्पादन कार्य पूरा नभएको भन्दै सोमबार मात्र सार्वजनिक हुने भएको छ ।

एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार स्थानीय तहको निर्वाचनको घोषणापत्र सोमबार दिउँसो पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सार्वजनिक गरिनेछ ।

घोषणापत्र सार्वजनिकपछि दिउँसो २ बजे पार्टी स्थायी कमिटीको बैठक बसी महानगरका लागि पार्टीका उम्मेदवार चयनबारे छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर