Aamsanchar

काचुली,बम र टंकलाई बल पुरस्कार

Author Image
मङ्गलवार, जेठ ३२, २०७३

Krishna_Bhusan_Balपथरी (मोरङ) ।

कृष्णभूषण बल स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको ‘कृष्णभूषण बल सिर्जना पुरस्कार–२०७१’ कवि मञ्जु काँचुलीलाई प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानका महासचिव विवश पोखरेलका अनुसार लामो समयदेखि कविता साहित्यमा समर्पित काँचुलीलाई रु २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिनेछ । त्यसैगरी, २०७२ सालको सोही पुरस्कार कवि बम देवानलाई समर्पण गर्ने निर्णय भएको प्रतिष्ठानका महासचिव विवश पोखरेलले जानकारी दिनुभयो ।

सो पुरस्कारबाट यसअघि कवि जसराज किराँती र श्यामल पुरस्कृत भइसकेका छन् । त्यस्तै, कवि कृष्णभूषण बल, शोभा लामा बल र नेपाल परिवारबाट संस्थापित तथा वाणी प्रकाशन विराटनगरबाट संयोजित ‘कृष्णकुमारी मनोरथ नेपालवाणी साहित्य पुरस्कार’ भाषाविद् प्रा डा टङ्कप्रसाद न्यौपानेलाई प्रदान गर्ने निर्णय भएको छ ।

पुरस्कारको राशि रु ३५ हजार छ । प्रतिष्ठानकी संरक्षणक शोभा लामा बलका अनुसार यसअघि सो पुरस्कारबाट कालीप्रसाद रिजाल, क्षेत्रप्रताप अधिकारी, वैरागी काइँला, कृष्णचन्द्रसिंह प्रधान, प्रा बालकृष्ण पोखरेल, परशु प्रधान, तोया गुरुङ, तुलसी दिवस, डा सुशीला भण्डारी, चूडामणि नेपाल, जयप्रसाद ढकाल, डा गोविन्दराज भट्टराई, डा तारानाथ शर्मालगायत एक दर्जनभन्दा बढी साहित्यकार पुरस्कृत भइसकेका छन् ।

घोषित पुरस्कार यही असार ११ गते विराटनगरमा विशेष समारोह आयोजना गरेर समर्पण गरिनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर