Aamsanchar

सनातन धर्म भनेकाे के हो? जानिराखौं

Author Image
बुधवार, वैशाख २०, २०७४

एजेन्सी । 

एक हजार वर्ष पहिले हिन्दु शब्दको अस्तित्व थिएन । प्राचीनतम ग्रन्थ ऋग्वेदमा सप्तसिन्धुको उल्लेख धेरै ठाउँमा गरिएको पाइन्छ । सिन्धु अर्थ हुन्छ जलराशि । यसैको आधारमा एक नदीको नाम सिन्धु राखियो जुन हाल कश्मिर र पञ्जाब भएर बहन्छ । भाषाविद्हरूका अनुसार संस्कृत आर्य भाषाको ‘स’ ध्वनि ‘ह’ ध्वनिमा परिणत हुन्छ । यसैबाट हिन्दु शब्द बनेको हो ।

अन्य इतिहासकारका अनुसार चिनियाँ यात्री हुएनसाङको समयमा हिन्दु शब्दको उत्पत्ति संस्कृत ‘इन्दु’ शब्दबाट भएको हो । इन्दु शब्द चन्द्रमाको पर्यायवाची हो । भारतीय ज्योतिष गणनाको आधार चन्द्रमास नै हो । त्यसैले चिनियाँहरू भारतीयलाई इन्तु वा हिन्दु भन्न थाले । तर यो तर्क विवादास्पद छ ।

हिन्दु धर्मलाई सनातन धर्म पनि भनिन्छ । अथर्ववेदमा ‘सनातनमेनमहुरुताद्या स्यात् पुनर्णव’ भन्ने मन्त्रको प्रसंग आउँछ । यसको अर्थ हुन्छ : सनातन त्यसलाई भनिन्छ जुन आज पनि नवीन छ । सनातनको अर्थ हुन्छ शाश्वत या सदाकालका लागि रहने अर्थात् जसको न आदि छ, न अन्त । सृष्टिको शुरुदेखि नै यो धर्म विद्यमान छ र अनन्तकालसम्म रहनेछ ।

सनातन धर्मले ब्रह्मलाई सत्य मान्छ । सत्य दुईवटा धातु ‘सत्’ र ‘तत्’ मिलेर बनेको छ । सतको अर्थ हुन्छ अस्तित्व या अहंभाव भने ततको अर्थ हुन्छ त्यो । म पनि सत्य हो, त्यो पनि सत्य हो ।

यसलाई औपनिषदिक मन्त्रहरू अहं ब्रह्मास्मि र तत्त्वमसिबाट बुझ्न सकिन्छ । यसको अर्थ हुन्छ म नै ब्रह्म हुँ र तिमी नै त्यो (ब्रह्म) हौ । यो सम्पूर्ण चराचर जगत् नै ब्रह्ममय छ ।

ब्रह्म पूर्ण छ । यो जगत् पनि पूर्ण छ । पूर्ण जगतको उत्पत्ति पूर्ण ब्रह्मबाट भएको हो । ॐ पूर्णमद: पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते। पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते।।- ईशोपनिषद्पूर्ण ब्रह्मबाट पूर्ण जगतको उत्पत्ति हुँदा ब्रह्मको पूर्णतामा कुनै कमी आउँदैन । त्यो शेष रूपमा पनि पूर्ण नै रहन्छ । यो नै सनातन सत्य हो । ब्रह्म नै सत्य हो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 327

प्रतिक्रिया (०)

सम्बन्धित खबर