Aamsanchar

आऊ ! फेरि गोर्खालीको बिगुल फुकौँ

Author Image
बुधवार, जेठ ३१, २०७४


[विष्णुप्रसाद शर्मा पराजुली]

युगदेखि युगसम्म
मेरा पुर्खाले यहीँको माटोको टीका थापे,
यहींको माटोलाई पुजा गर्दै,
पुर्खाको रक्त मिश्रित माटोको टीका निधारमा धसेर
चीर्दै विदेशी दासतालाई स्वतन्त्र पारे देशलाई
रगताम्मे पार्दै दुस्मनलाई
सात समुद्र पारी लखेटिदिए ।

मेरा पुर्खाले माटोमा यहीँको पसिनाले सिँचेर
यहाँका घुमन्तेलाई वेद पाठ गराएर सभ्यताको
प्रेरित गरे मानव बन्न,
अनि–दासताको बुट मुनि थिचिएका लाचार छायालाई
स्वतन्त्रताको झण्डा उचालेर सत्ताको जिम्मा दिए –मेरै पुर्खाले ।

आज तिनै लाचार छायाहरु !
हामी गोर्खालीलाई
दन्त्यकथाको दानवले आकाश निलेझैं
सर्लक्कै निलेर ईतिहासलाई
हामी माथि आगो ओकल्दै छन् –बारम्बार ।

हिजो पनि, आज पनि
हेर ! हामीलाई हाम्रै भूमीमा
बनाउन निसहाय, माटो हिन, भूमीहिन
षडयन्त्रको जालो बुनिरहेछन् निरन्तर–निरन्तर !
हाम्रो रगत, हाम्रो पसिना, हाम्रो माटो
अनि हाम्रो भाषा खोस्न तल्लिन छन्
विदेशी दासताका बुट चाट्ने कायरहरु !

त्यसैले हे वीर गोर्खाली !
हिन्द महासागरको कालो बादल
हामीलाई गर्लम्म ढाक्न
मडारिएर घरी घरी सुनामी बनेर उर्लन्छ
तिमीलाई, मलाई अनि हामी सबै गोर्खालीलाई
भुटानी नेपाली भाषी गोर्खालीलाईभैm
जवरजस्ती रागाहरुलाई कोचेझै ट्रकमा कोच्दै
मेचीपारी हुलेर माटो, जाती, र भाषा बिहिन बनाएझै
शरणार्थी शिविरमा बन्दुकका कुन्दाले रोप्दै छिराउन सक्छ
एकाएक रातारात ब्रहमपुत्रमा हेलीदिन सक्छ ।

त्यसैले होशियार!
यहाँ दार्जीलिङ र मिजौराम
यहाँ मेघालय, गुहाटी, हिमाञ्चल
यहाँ सिक्किम, गढवाल, देहरादुन, नैनीतालका
नेपाली भाषी गोर्खालीलाई फुटाउन सक्छ
हामीलाई हाम्रै माटो, हाम्रै देशमा जातिहिन, भूमिहिन बनाएर
हाम्रो छातिमा बुट बजार्न सक्छ
त्यसैले चट्टाने पहाड बनेर
सन्त्रासको भेललाई सदाका लागि निर्मुलपार्न
दमनका सुनामीलाई निस्तेज पार्न
आऊ फेरि हाते मालो गरौं
टिस्टा, ब्रहमपुत्र र नन्दादेवीलाई साक्षीराखेर
आऊ, फेरि विजयको शंखघोष गरौँ
आज आप्mनै स्वाभिमान, अस्तित्व र आवाजको लागि
आऊ, वीर गोर्खालीको बिगुल फुकौँ ।

जेठ २७, २०७४
काठमाडौं

[email protected]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर