Aamsanchar

मेचीनगरबासीका ढुकढुकी विमल आचार्य मेयरको मैदानमा

Author Image
शनिवार, असार ३, २०७४

‘प्रजातन्त्र भनेको जनताको, जनताको लागि, जनताद्वारा गरिने शासन पद्धति हो’ भन्ने अब्राहम् लिंकनको मननीय भनाइ अनि वीपी कोइरालाको विचार र आफ्नै पिता जय कृष्णको संघर्ष र व्यवहारबाट प्रेरित भई सानै उमेरबाट राजनीतिमा सक्रिय व्यक्तित्व हुन्– विमल आचार्य । स्थानीय तह निर्वाचनका लागि मेचीनगरमा नेपाली कांग्रेसले उनलाई मेयर पदको उम्मेदवार बनाएको छ ।
पार्टीमा तल्लो तहका कार्यकर्ताका प्रिय, केन्द्रीय नेताहरुस“ग राम्रो सम्बन्ध भएका, प्रभावशाली व्यक्तित्व र युवाको भावनाको समेत सम्मान गर्न सक्ने शालिन, भद्र, इमान्दार, कर्तव्यनिष्ठ नेता हुन्– विमल आचार्य । उनी कम बोल्छन् । भन्छन्– ‘म कुराभन्दा काममा विश्वास गर्छु ।’ अरु पार्टीका नेता कार्यकर्ताबीच पनि विमल प्रिय मानिन्छन् । सबैस“ग राम्रो सम्बन्ध स्थापित भएका प्रभावशाली व्यक्तित्व भएकै कारण अनि शुरु गरेको काम र बोलेको कुरा पूरा गरेरै छाड्ने स्वभावका भएकाले नै बिमललाई कांग्रेसले मचीनगरमा मेयरको उम्मेदवार बनाएको बुझिन्छ । ‘जुन काम पूरा गर्न सकि“दैन त्यो नथाल्नु नै बेस’– बिमल भन्छन्– ‘पूरा गर्न नसक्ने कुरा पनि गर्नु हु“दैन ।’
चुनावी दौरानमा नेता–कार्यकर्ताको भीडमा भेटिएका विमलको मुख्य नारा छ– ‘तपाईंको सपना, कांग्रेसको संकल्प–भ्रष्टाचारमुक्त सदाचारयुक्त समुन्नत मेचीनगर ।’ भौतिक विकास, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि उत्पादन, उद्योग, व्यवसाय, महिला र युवा सशक्तिकरण लगायत चौतर्फी दृष्टिले मेचीनगरलाई मुलुककै ‘स्मार्ट नगर’ बनाउने उनको योजना छ ।
आर्थिक अभावकै कारण उनले भने जति पढ्न पाएनन् । चरम अभाव र कठोर संघर्षको जीवन गुजारेर उनी अहिलेको अवस्थामा आइपुगेका हुन् । उनको मिशन नै छ – ‘अब मैले जस्तो आर्थिक अभावकै कारण मेचीनगरका कसैले पनि पढाइबाट बञ्चित हुनुपर्ने छैन ।’ गरीब, दलित, आदिवासी, सीमान्तकृत, अल्पसंख्यक सबैलाई उच्च शिक्षासम्म निःशुल्क पढाउने उनको उद्घोष छ । ‘ती गरीब परिवार जो बालबालिका पनि पढाउन नसक्ने अवस्थामा छन् म उनीहरुको आर्थिक समृद्धि र जीवनस्तर उठाउन लागीपर्छु’– विमल भन्छन्– ‘मेचीनगरका हरेक परिवारमा शिक्षा र आर्थिक उन्नतिको पहु“च पु¥याउनुछ । किनभने मेरो संकल्प छ– मैले हिजो भोगेको पीडा अब अरुले भोग्नुपर्ने छैन ।’
उनी राजनीतिमा सक्रियस“गै उद्योग, व्यवसाय क्षेत्रमा पनि स्थापित छन् । उद्योगी, व्यवसायी, सामाजिक कार्यकर्ता, नागरिक समाजमाझ प्रिय छन् । थुप्रै सामाजिक संस्थामा आवद्ध छन् उनी । का“करभिट्टा कलेजमा लामो समयदेखि अध्यक्ष रहेका विमल ‘धुलावारी कलेज, रोटरी, धार्मिक संस्था, उद्योग–व्यवसायका संस्थामा समेत आवद्ध छन् । धेरै ठाउ“ सल्लाहकार छन् ।उनी मानव सेवामा समर्पित रेडक्रस मेचीनगरको संस्थापक सभापति पनि हुन् ।
०२६ सालमा जन्मिएका मेनुका र जयकृष्णको साइ“ला छोरा बिमलको स्थायी बसोबास मेचीनगर–६ हो । पिताको स्वर्गारोहण भइसक्यो । अहिले कांग्रेसको महासमिति सदस्य छन् उनी । ३८ बर्षदेखि राजनीतिमा अनवरत संलग्न छन्– विमल । २८ बर्षदेखि त पार्टीको कुनै न कुनै जिम्मेवारी सम्हाल्दैछन् ।
वीपीबाट प्रभावित भई कांग्रेस बनेका उनका पिता कांग्रेसका मजदुर नेता थिए । का“करभिट्टामा मजदुर संगठनको संस्थापक नै थिए उनका पिता । बाल्यकालबाटै पढाइस“गै उनी राजनीतिमा छिरे । आर्थिक अभावका कारण विमल यातायात मजदुरको रुपमा समेत कार्यरत रहे । पछि कपडा व्यवसाय पनि गरे । विस्तारै अरु व्यवसायस“गै राजनीति र समाजसेवालाई मुख्य समय दि“दै आएका छन् । आईएस्सी पूरा गरी वीए पढ्दापढ्दै आर्थिक अभावले पढाइ छोड्न बाध्य भए विमल ।
मजदुर हु“दा, आर्थिक अभाव हु“दा भोगेको पीडा उनी अहिले पनि झल्झल्ती सम्झन्छन् । त्यही भएर होला उनी हरेक मानिसलाई सानो होस्– या ठूलो आदरपूर्वक व्यवहार गर्छन् । नम्र बोल्छन् । उनको यही विशेषताले गर्दा मन जितेका छन् सबैको । मेचीनगरका हरेक जनजनको मनमनमा बसेका विमल अब मत जित्ने मत माग्दैछन् । उनी राजनीतिमा सक्रिय भएदेखि मुलुकमा परिवर्तनका लागि भए हरेक आन्दोलनमा उनको सक्रियता छ । जनआन्दोलनमा उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरे । विकासप्रेमी विमलले धेरै ठाउ“मा आफ्नै बलमा सहयोग पु¥याएका छन्, विकास गरेका छन् । समाजमा सकारात्मक परिवर्तनका हिमायती, विकासप्रेमी, युवा व्यक्तित्व, समृद्ध मेचीनगरको परिकल्पना साकार पार्ने संकल्पलाई व्यवहारमा उतार्न चुनावी मैदानमा रहेका विमल आचार्यलाई मेयर बनाउने÷नबनाउने निर्णायक मेचीनगरवासी नै हुन् । रुख चिन्हमा मतदान गरी हाम्रो मेचीनगरलाई राम्रो बनाउन विजयी गराऔं । जय नेपाल ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)