Aamsanchar

अस्थायी शिक्षकद्वारा बालुवाटारमा धर्ना

Author Image
मङ्गलवार, असार ६, २०७४

काठमाडौँ।

अस्थायी शिक्षक सङ्घर्ष समितिले देशभर हालसम्म अस्थायी शिक्षकका रुपमा कार्यरत सबैलाई सामान्य प्रक्रिया पु¥याई स्थायी गर्न माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि सडकमा धर्ना दिएको छ ।

समितिले विभेदकारी भनिएको विज्ञापन खारेज गर्नुपर्ने, विगतका विज्ञापनबाट विस्थापित शिक्षकलाई स्थापित गर्नुपर्ने, सेवा अवधि गणना गर्नुपर्नेलगायत माग गरेको छ । देशभरबाट अस्थायी शिक्षकको प्रतिनिधित्व हुने गरी आएका प्रतिनिधि अहिले काठमाडाँैमा छन् । बिहान ९ देखि ११ बजेसम्म गरिएको धर्नामा करिब पाँच सयको सहभागिता थियो ।

समितिका संयोजक वृन्दाकुमारदास चौधरीले लामो समय अस्थायीमा कार्यरत शिक्षकको ऊर्जाशील समय शिक्षण पेसामा खर्च भई अब अन्य विकल्प नरहेकाले स्थायी गर्न सरकारलाई आग्रह गर्नुभयो । समितिका महासचिव कुमोदलाल कर्णले देशभर हाल २६ हजार १६३ शिक्षक अस्थायी रहेको जानकारी दिनुभयो । सोही माग पूरा गराउन भद्रकालीमा पनि पाँच शिक्षक यही असार २ गतेदेखि आमरण अनशन बस्नुभएको छ ।

अनशनकारीको स्वास्थ्य गम्भीर

अस्थायी शिक्षक सङ्घर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी विभेदकारी भनिएको शिक्षक विज्ञापन तत्काल खारेज नगरे आन्दोलन थप चर्काउने चेतावनी दिएको थियो । पत्रकार सम्मेलनमा अस्थायी शिक्षक केन्द्रीय आन्दोलन परिचालन समितिका संयोजक चौधरीले अनशनमा रहेका शिक्षकको स्वास्थ्य अवस्था गम्भीर भएकाले शिक्षकको मागमा सरकारको ध्यानाकर्षण गर्नुपर्ने बताउनुभयो ।

अस्थायी शिक्षक सङ्घर्ष समितिका अध्यक्ष हेम चौलागार्इंले अस्थायी शिक्षकका नाममा सरकारले अयोग्यजस्तो शब्द प्रयोग गरेर अस्थायी शिक्षकको आत्मसम्मानमाथि प्रहार गरेको आरोप लगाउनुभयो । अनशनमा रहेका शिक्षकमा किसुन यादव, जितबहादुर गुरुङ, कलावती जोशी, सुलेखादेवी कायस्थ र कलु केसी हुनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर