Aamsanchar

हस्पिटलहरु बीच प्रतिस्पर्धा होइन एकअर्कामा परिपूरक हुनुपर्छ

Author Image
शुक्रवार, असार ९, २०७४

हाम्रो अस्पताल विरुद्ध अफवाह फैलयाउने काम भएको छ । हामीले महंगो शुल्क लिएका रहेछौं भने सम्पूर्ण उपचार खर्च फिर्ता गर्नेछौं । हामीसंग दक्ष जनशक्ति रहेका छन् । यो सेक्सनबाट मेडिकल कलेज सञ्चालनका लागी विद्यार्थी भर्ना लिएर मेची अञचलबासीको सपना पुरा गर्दैछौं । झापाको विर्तामोडमा रहेको बी एण्ड सी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई संग आमसञ्चार अनलाइनका सम्पादक नरेन्द्र ढकालले गरेको कुराकहानीको सम्पादित अंश :

– बी एण्ड सी हस्पिटललाई मेडिकल कलेज बनाउनेबारे सरकारले दिने सम्बन्धनको प्रक्रिया कहाँ पुगेर टुंगियो ?
– मन्त्रिपरिषद्बाट नीतिगत निर्णय भइसकेको छ । सुदुर पूर्वको मेची अञ्चलमा सरकारी स्तरको एउटा पनि मेडिकल कलेज नभएको र निजि स्तरको सबै मापण्ड पुरा भएको एक मात्र हस्पिटलको रुपमा रहेको बी एण्ड सी हस्पिटललाई मेटिकल कलेज सञ्चालन गर्ने अनुमति दिने निर्णय क्याबिनेटले गरिसकेको छ । अहिले प्रक्रियाको चरणमा रहेको छ । आगामी सेक्सनदेखि हामीले विद्यार्थी भर्ना लिएर कलेज पनि सञ्चालन गर्ने छौं । यो सबै मेची अञ्चलबासीको साझा थलो हो । चिकित्सा विधेयक आगामी संसदको अधिवेशनले पारित गर्ने छ त्यस लगत्तै हामीलाई मेडिकल कलेज सञ्चालनको वातावरण बन्ने छ । यसमा मेची अञ्चलका २७ लाख जनताको भविष्य जोडिएको छ । आगामी मंसिरबाट हामी विद्यार्थी भर्ना सुरु गरेर कलेजलाई सञ्चालन गर्ने उद्धेश्यका साथ लागेका छौं ।

–हस्पिटलको भावी योजना के छ ?

– हामी विरामीलाई सबै सेवा एकैथलोबाट प्रदान गर्ने उद्धेशयका साथ लागेका छौं । हामीले स्वास्थ्य मन्त्रालयसंगको सहकार्यमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका छन् । जस्तै स्वास्थ्य बिमा कार्यक्रम, आमा सुरक्षा कार्यक्रम लगायत रहेका छन् । अर्को महिनादेखि हेमोडाइलाईसिस सेवा सुरु गर्दैछौं । हामी डाक्टरसहित डाइलाईसिस सेवा सुरु गर्ने छौं । अहिले बी एण्ड सी ले दैनिक ३० वटा साना ठूला अप्रेसनहरु गर्ने गरेको छ । बी एण्ड सीले धेरै जटिल रोगहरुको सफल सल्यक्रिया गर्न सफल भएको छ । यसको मुख्य कारण भनेको यहाँको म्यानेजमेन्ट हो हामीसंग राम्रो इकुमेन्ट, बिल्डीङ, दक्षजनशक्ति र सबै पक्षको एकताले नै आज हामी जटिल रोगहरुको समेत उपचार गर्न सफल भएका छौं ।

अब हामीले छिट्टै क्यान्सर रोगको उपचार गर्नका लागी अत्याधुनीक उपकरण ल्याउनका लागी अमेरिकामा मेसिनहरु बुक गरिसकेका छौं । रेडियोथेरापि नाम मेसिन आएपछि लहानदेखि पूर्व तथा भारतका दार्जिलिङ, सिक्किम समेत बिरामीलाई उपचारमा सहजता हुने छ । जुन उपकरण ल्याउनका लागी ४८ करोड बढी खर्च लाग्ने छ । बी एण्ड सी हस्पिटलले भारतको मेदानत अस्पतासंगको सहमजदारीमा आगामी जुलाई महिनाबाट ५ जना दक्ष डाक्टरहरुलाई ल्याएर उच्च स्तरीय सेवा प्रदान गर्दै छ । जसले गर्दा हामीले आफ्नै आँगनमा ठूला रोगहरुको पनि उपचार गर्न सफल हुनेछौं । यो मेची अञ्चलबासीका निम्ति खुशीको कुरा हो ।

–बी एण्ड सी हस्पिटल महंगो छ, सर्वसाधारणले उपचार गर्न सक्दैनन् भन्ने गुनासो छ नी ?

–ठूलो भवन छ भन्दैमा महंगो छ भन्ने कुरा हुन्न् । हामी विरुद्ध केही अस्पतालले भ्रम फैल्याएको पाएका छौं । कमीशनको खेलमा लागेका अस्पतालहरुले भारत तथा विराटनगरका अस्पतालहरुमा विरामी रेफर गर्ने गर्छन् तर हामीसंग अत्याधुनिक उपकरण तथा दक्षा चिकित्सक हुदाँ हुदैपनि हामी विरुद्ध भ्रम फैल्याउने काम भएको छ । बी एण्ड सी र अन्य अस्पताल उस्तै हो भनेर केही अस्पताल तथा मानिसहरु लागी परेका रहेछन् त्यो नितान्त भ्रम हो । हामीले नागरिक बडापत्र राखेका छौं साथै अनय अस्पताल भन्दा कुनै पनि बहानामा मंहगो शुल्क लिएका रहेछौं भने हामी सम्पूर्ण रकम फिर्ता गर्न तयार छौं ।

उपचारमा आएका विरामीले महंगो भयो नभन्ने तर उपचारमा नै नआएकाहरु भ्ने महंगो छ भनेर अफवाह फैल्याउने काममा ब्यस्त रहेको पाइयो । हामी प्रतिस्पर्धा होइन परिपूरक हुन चहान्छौं । तर वी एण्ड सी विरुद्ध नाम मिल्छ एउटै हो भनेर भ्रम फैल्याउने काम भएको छ । अरु अस्पताल ब्यक्तिको होला तर बी एण्ड सी सम्पूर्ण मेची अञ्चलबासीमो साझा सम्पत्ति हो । हामी दाम होइन नाम कमाउन चहान्छौं । सेवालाई हामी ब्यपार गर्न चाहन्नौं ।

– तपाई अस्पतालको सञ्चालक तर आफैं इलाम, पाँचथर, ताप्लेजुङसम्म पूर्वी पहाडी जिल्लाका सेवाग्राहीमाझ पुग्नु भो नि किन ?

– म केही समय अघि झापाकै शरणमती, कुमरखोद, झापाबजार लगायतका स्थान पुगे त्यहाँ पुग्दा हामी विरुद्ध ठूलो भम्र फैल्याएर महंगो छ भनेर हल्ला मच्चाइएको रहेछ । त्यस्ता भ्रम पहाडी जिल्लामा पनि हुन सक्छ र त्यस्ता भ्रम चिर्न पनि म पहाडी जिल्ला गएको हुँ । त्यहाँ बी एण्ड सीको विषयमा जानकारी गराउदाँ धेरैले आश्र्चय ब्यक्त गरे किन भने सबै स्पताल उस्तै हो धनेका रहेछन् हामीसंग आधुनिक उपकरण र दक्ष चिकित्सक रहेका छन् १–२ जना डाक्टर राखेर अस्पताल हो सबै उपचार हुन्छ भन्नेहरु पाइयो त्यो भ्रम चिर्न र बी एण्ड सी हस्पिटलमा ७२ जना दक्ष डाक्टर छन र हामी बढी रकम लिन्नौं भन्ने सन्देश दिन म गएको हुँ । ताप्लेजुङसंग त मेरो जन्मथलोको नाता छ त्यहाँ मेरो पितापुर्खाहरु जन्मनुभएको हो । मैले त्यहाँका नागरिकको सफल उपचार गरेर धेरैको जीवन बचाउनु पर्छ ।

– त्यहाँका नागरिकको गुनासो कस्तो पाउनुभयो अनि त्यस क्षेत्रका हस्पिटलको सेवा कस्तो रहेछ ?
–त्यहाँका नागरिकलाई हामीले हाम्रो अस्पतालको बारेमा जानकारी गराएका छौं । धेरैले हाम्रो सेवाको बारेमा चासो दिएका छन् । त्यस क्षेत्रका अस्पतालहरुको अवस्था अत्यन्त दयनीय पाइयो । मैले ताप्लेजुङमा अस्पताललाई ब्यवस्थित गर्नु होस् म महिनाको दुई पटक यहाँबाट दक्ष चिकित्सक पठाईदिन्छु भनेको छु । त्यहाँका नागरिकहरुले पनि विशेषज्ञ सेवा प्रप्त गरुन भन्ने मेरो उद्धेश्य हो । म सेवालाई ब्यपार गर्दिन मैले मेरो लागी होइन् समग्र मेची अञ्चलबासीका लागी अस्पताल सञ्चालन गरेको हुँ ।

गुणस्तरीय स्वास्थ्यसेवा सबै नागरिकको पहुँचमा पु¥याउन के गर्नुपर्ला ?

–गुणस्तरीय सेवा प्रदान गर्न त सरकार जिम्मेवार हुनुपर्छ । हामीले सबै प्रक्रिया पु¥याउदाँ त मेडिकल कलेज सञ्चालनको अनुमती दिन यस्तो अनाकानी छ । हामीले ब्यपार होइन सेवा गरेर मेची अञ्चलबासीलाई सहयोग गर्न खोजेका हौं । अर्को कुरा जनता आफैं सचेत हुनुपर्छ । भ्रममा नपरी दक्ष चिकित्सकसंगको परामर्शमा उपचार गर्न छुट्नु हुदैन् । पूर्वकै सबैभन्दा ठूलो अस्पतालको रुपमा बी एण्ड सी हस्पिटल रहेको छ । एक पटक उपचारका लागी आउनसहोस् तपाईलाई हामी सन्तुष्ट बनाउने छौं ।

हामी सस्तो दरमा सेवा प्रदान गरेर सबै नागरिकलाई उपचार गर्न हरदिन लागी रहने छौं । हामीले धेरै विरामीको अवस्था हेरेर आर्थिक छुट समेत दिएका छौं । बी एण्ड सी हस्पिटलले गाँउ–गाँउमा पुगेर स्वास्थय शिविर समेत गर्दै आएको छ । हामी निरन्तर विरामीको उपचारमा लाग्ने छौं । विरामीको सहि उपचार नै हाम्रो एक मात्र उद्धेश्य हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर