Aamsanchar

सूर्तीजन्य सामग्री जथाभावी नबेच्न निर्देशन

Author Image
बिहिवार, असार २९, २०७४

बिर्तामोड।

सरकारले २०७३ चैत १ गतेदेखि सूर्तीजन्य पदार्थको विक्रीका लागि निश्चित व्यापारी, पसलेले छुट्टै अनुमति लिनुपर्ने नियम लागू गरे पनि त्यसको पूर्ण रुपमा पालना नभएपछि जिल्ला प्रशासन कार्यालय झापाले बजार अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय झापा, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बजार अनुगमन गर्दै नियम पूर्ण रुपमा लागू गर्न निर्देशन दिएको छ । बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका र कनकाई नगरपालिकामा रहेका विद्यालय, मठमन्दिर सार्वजनिक स्थलको एक सय मिटर वरिपरि राखिएका पसलमा अनुगमन गरिएको थियो । सो क्रममा सवैजसो पसलले अनुमति नलिई सूर्तीजन्य पदार्थ र मादक पदार्थ बेच्ने गरेको पाइएकाले तत्काल त्यस्ता सामग्री हटाउन निर्देशन दिइएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय झापाका उद्योग अधिकृत चन्द्र मिश्र, जिल्ला जनस्वास्थ्य कार्यालयका व्रजेश मेहता, अनारमनी स्वास्थ्य चौकीका प्रमुख लक्ष्मणप्रसाद साह लगायतले बजार अनुगमन गरेका थिए । सो क्रममा सूर्तीजन्य पदार्थ राखिएका पसलेलाई तत्काल हटाउन पहिलोपटक निर्देशन दिएको र पुनः त्यस्तो पाइए सामान जफत गर्दै कार्वाही गरिने घरेलु तथा साना उद्योग कार्यालय झापाका उद्योग अधिकृत मिश्रले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)