Aamsanchar

यस वर्षको भानु साहित्य रत्न पुरस्कार अर्जुनधाराका छन्द कवि घिमिरेलाई

Author Image
शुक्रवार, असार ३०, २०७४


बिर्तामोड ।

आदिकवि भानुभक्त आचार्य साहित्य रत्न पुरस्कार यसवर्ष झापा अर्जुनधाराका शास्त्रीय छन्दवादी कवि मोहन घिमिरेलाई प्रदान गरिने भएको छ । बिर्तामोड –४स्थित ईडन गार्डेन इङ्लिस स्कूलका संस्थापक प्रिन्सिपल मोहन आचार्यले स्थापना गरेको उक्त पुरस्कार ११ हजार रुपैया राशीको रहेको छ ।
७० वर्षीय शास्त्रीय छन्दवादी कवि घिमिरे चार दशकदेखि छन्दमा कलम चलाइरहेको स्रष्टा हुन् । उनले छन्दमा जलेश्वरधाम नामक कृति प्रकाशित गरेका छन् भने अन्य कृति पनि प्रकाशित भएको पुरस्कार छनौट समितिका संयोजक साहित्यकार विनोद खनालले जानकारी दिए ।
ईडन गार्डेन इङ्लिस स्कूलका आगामी वार्षिकोत्सव समारोहमा उक्त पुरस्कार प्रदान गरिने विद्यालयका संस्थापक प्रिन्सिपल आचार्यले बताए । हरेक वर्ष भानु जयन्ती कै दिन प्रदान गरिँदै आएको उक्त पुरस्कार यस वर्ष भने भानु जयन्तीमा घोषणा र वार्षिकोत्सवमा प्रदान गर्ने कार्यतालिका मिलाइएको बताइएको छ ।
यसअघि उक्त पुरस्कार बाहुनडाँगीका केशवराज खनाल र सुरुङ्गाका मित्रप्रसाद दाहाललाई प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)