Aamsanchar

आवर डेस्टिनी मेनपावरद्वारा पत्रकार उपचार कोषमा रकम प्रदान

Author Image
शुक्रवार, असार ३०, २०७४


बिर्तामोड ।

आवर डेस्टिनी इम्प्लोइमेन्ट सर्भिस प्रालि. (मेनपावर) झापा सम्पर्क कार्यालयले पत्रकार सहारा उपचार कोषका लागि ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ ।
बिर्तामोडस्थित पश्चिम बस स्टेन उत्तरतर्फ शुक्रबार कार्यालय उद्घाटनको अवसर पारी आवर डेस्टिनीका सञ्चालक राजन सिटौलाले पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा र महासंघका उपाध्यक्ष एवम् कोषका संयोजक एकराज गिरीलाई उक्त रकम प्रदान गरेका हुन् ।
कार्यालय शुभारम्भकै अवसरमा पत्रकार महासंघ झापाको अभियानबाट प्रेरित भई आफ्नोतर्फबाट पनि केही योगदान गर्नका लागि पहिलो काम कोषमा सहयोग हस्तान्तरण गरिएको सिटौलाले बताए ।

व्यवसायीहरु राजन सिटौला, लालबहादुर कार्की र दिनेश सिटौलाले उक्त मेनपावर सञ्चालनमा ल्याएका हुन् ।

उनले आगामी दिनमा पनि कोषलाई आफ्नोतर्फबाट सहयोग जारी राख्ने बताएका छन् ।
पत्रकार महासंघ झापाले पत्रकार बिरामी तथा घाइते भएको अवस्थामा उपचार खर्चमा सहयोग पुर्याउन १ करोड रुपैयाँको पत्रकार उपचार कोष स्थापनाको लक्ष्यका साथ अभियान जारी राखेको छ । हालसम्म २५ लाख रुपैयाँभन्दा बढी कोषमा रकम जम्मा भइसकेको छ । विभिन्न क्षेत्रबाट कोषमा रकम हस्तान्तरण भइरहेको बताइएको छ ।
उक्त कोषको ब्याजबाट पत्रकारको उपचारमा सहयोग गरिने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)