Aamsanchar

पहिलो सेक्स गर्दा ध्यान दिनुपर्ने कुराहरु

Author Image
बुधवार, साउन ११, २०७४

हामी सेक्सलाई अश्लिल भनेर यस विषयमा कुरै गर्न चाहदैनो । भन्छौ – यो त छाडा कुरा हो । यद्यपी यो प्राकृतिक विषय हो । यसमा लाज मान्नुपर्ने कुरै छैन । सेक्स सम्वन्धीका विषयमा चासो राख्नु र जानकारी लिनु राम्रो हो । पहिलो पटकको सेक्सको बारेमा मानिसहरुमा धेरै प्रकारको कौतुहल र जिज्ञासा उत्पन्न हुने गर्दछ । जिज्ञासासँगै मानिसहरु यसको बारेमा थाहा पाउन पनि आतुर हुने गर्दछन् र मानिसहरुले धेरै प्रकारको गलत जानकारी पनि दिने गर्दछन् । ध्यान दिनुहोस्, सेक्स एउटा कला हो । अतः यहाँ पहिलो सेक्स अघि ध्यान दिनुपर्ने केहि कुराहरु सुझाइएको छ ।

१. क्रेजी सेक्स

नवविवाहित युगल अक्सर फस्टाइम सेक्सका लागि यति एक्साइटेड हुन्छन् कि, उनीहरुलाई केहि कुराको ख्याल नै हुदैन । उनीहरु जोशमा होस गुमाउँछन् र कन्डोम विना नै सेक्स गर्छन् । यसको परिणाण अनिच्छित गर्भपतन गर्नुपर्ने हुन्छ । स्मरण होस  तपाईंको लागि यो नयाँ अनुभव हो र यसका लागि तपाईं धैर्यवान् हुन जरुरी छ । तपाईंको पहिलो सेक्स अनुभव राम्रो नभएपनि यसमा डराउनु र आत्तिनुपर्ने छैैन किनकी यो समयसँगै राम्रो हुँदै जान्छ ।

२. चरमोत्कर्ष

यस क्रममा महिला साथीले केश सम्हालोस्, उनको चुम्वन लिन सकिन्छ, शरीर स्पर्श गर्न सकिन्छन् । यसरी विस्तरै विस्तारै उनी उत्तेजिते हुन्छिन् । त्यसपछि संभोग क्रिया सुरु गर्नुपर्छ । प्राय युगल जोडि यो सम्झन्छन्, कि संभोगको अनुभव केहि अनौठो हुन्छ । तर, कुनैवेला एकको मज्जा अर्काका लागि पीडा वन्न सक्छ। एक अर्काको शारिरिक आवश्यकताको बारेमा जानकारी दिनुहोस् र लिनुहोस् । पहिलो सेक्स गर्दा चरमोत्कर्षको आशा नराख्नुहोस् ।

३. झुटो चरमोत्कर्ष

महिलाहरुले पहिलो पटक सेक्स गर्दा आफ्नो पार्टनरलाई खुसी राख्नका लागि झुटो चरमोत्कर्षको नाटक गर्नुपर्दैन । यो तपाईंको पहिलो पटकको सेक्स भएका कारण तपाईंको पार्टरले तपाईंलाई बुझ्नुहुनेछ । उनीहरुले अनेकौ किसिमका अप्राकृतिक सेक्स क्रिया पनि देखेका हुन्छन् ।  यसैको कारण पहिलो सेक्स अनुभव खल्लो हुन पनि सक्छ । पहिलो पटकको सेक्सको मौका मिल्नसाथ युवायुवतीहरु हतार गर्न थाल्छन् । अतः संभोग सुरु हुनसाथ स्खलित हुनसक्छ । यसवाट उनीहरुमा ग्लानी अनुभव हुन्छ । साथै महिला पार्टनर पनि असन्तुष्टि रहन्छ ।

४. फोहोरी गफ

अहिलेको इन्टरनेटको जमानामा पोर्न सामग्री सर्व सुलभ भएको छ । अक्सर नौजवान युवायुवती स्कूल कलेज टाइममै पोर्न सामग्री हेरिकसेका हुन्छन् । धेरैजसो मानिसहरु पहिलो पटकको सेक्स गर्नुपूर्व फोहोरी गफ गर्नुपर्छ भन्ने सोच्छन् तर यो सत्य होइन् । पहिलो पटकको लभ मेकिङको दौरान बिस्तारामा आफ्नो पार्टनरसँग तपाईं के चाहनुहुन्छ भन्ने बारेमा कुरा गर्दा पनि हुन्छ । फोहोर कुराहरु पछि गर्न सक्नुहुनेछ ।

५.  पहल

धेरैजसो महिलाहरु माया दर्साउन लजाउने गर्दछन् । तर पहिलो पटक सेक्स गर्दा तपाईं पहल गर्नुहोस र उनलाई पर्खेर नबस्नुहोस् । यदि एक अर्काको मुख ताकेर बस्नुभयो भने पुरा रात नै बित्छ ।

६.  पीडादायक

पहिलो पटकको सेक्स निकै पीडादायक हुने धेरै मानिसहरुको भनाई हुन्छ तर यदि ठिक तरिकाले फोरप्ले गरियो र तपाईं यसको लागि तयार हुनुहुन्छ भने पहिलो पटकको सेक्स निकै सजिलो र कम पीडादायी हुन्छ । चाहिएको खण्डमा तपाईं लुब्रिकेन्टको प्रयोग पनि गर्नसक्नुहुनेछ ।

७. आकार

विश्वास गर्नुहोस् सेक्समा आकारको कुनै पनि भूमिका हुँदैन । महिलाहरुमा धेरैजसो यो भ्रम हुन्छ कि उनको पुरुषको आकार जति ठूलो हुन्छ त्यति नै उनीहरुहरु आनन्दित हुने सोच्दछन् तर यो सोचाई गलत हो । चरमोत्कर्षमा आकारको कुनै पनि महत्व हुँदैन ।

८.  अनुभव

पहिलो सेक्सको क्रममा आफुले पोर्न भिडियोमा देखेको जस्तो अनुभवको नक्कल गर्नु खोज्यो भने त्यो संभव नहुन सक्छ । यदि तपाईं पोर्न स्टारजस्तो सेक्स गर्ने सोच्दैहुनुहुन्छ भने यो तपाईंको सोचाई गलत साबित हुनेछ । पोर्न फिल्ममा देखाइने धेरैजसो भुटो हुने भएकाले यसको पछि नलाग्नुहोस् ।

९. ब्लिडिङ

धेरैजसो मानिसहरु पहिलो पटकको सेक्स पछि महिलाको रगत आउने धारणा छ । ब्लिडिङको धारणा कुमारित्वसँग जोडिएको हुँदैन । हाइमन टुटेमा ब्लिडिङ हुने गर्दछ । हाइमन खेल खेल्दा, साइकल चलाउँदा र अरु केहि कार्य गर्दा नै टुटिसकेको पनि हुनसक्छ ।

१०. समय

विशेषज्ञका अनुसार महिलाहरु ढिला उत्तेजित हुन्छन् । यसैले पुरुष पार्टनरले संभोग अघिद्ध केहि समय फोरप्लेमा लगाउनुपर्छ । पहिलो पटकको सेक्स धेरै लामोसम्म हुने कुरा गलत हो । त्यसकारण पहिलो पटकको सेक्समा कुनै उद्देश्य नराखी मात्र आनन्द लिने तरिकाले गर्नुहोला ।एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)