Aamsanchar

परिवर्तन र ठोस कामका लागि मेरो उम्मेदवारी

Author Image
बुधवार, साउन १८, २०७४


हरि प्रसाईं
अध्यक्ष पदका उम्मेदवार
बिर्तामोड उद्योग वाणिज्य संघ

तपाईको उम्मेदवारी किन ?
पछिल्ला बर्षहरुमा निर्वाचित संघको कार्य समितिले कुनै ठोस काम गर्न नसकेको अवस्था बर्तमानमा सबै उद्योगी व्यवसायीमाझ छर्लᆰ छ । अहिले संघमा २५ सयको हाराहारमिा उद्योगी व्यवसायी सदस्यको रुपमा हुनुहुन्छ । उहाँहरुले उद्योगी व्यवसायीको हितका साथै उद्योग व्यवसायको प्रबद्र्धन तथा अन्य क्षेत्रमा बाणिज्य संघको नेतृत्वले परिवर्तनको अनुभूति दिने गरी ठोस काम गर्न सकोस् भन्ने अपेक्षा गर्नु भएको छ । तर, त्यो पूरा हुन सकेको छैन । पूरानै शैली र पहिलेकै अनुहारहरुबाट यो काम सम्भव पनि छैन । तसर्थ, बिर्तामोडका आम उद्योगी व्यवसायीको भावना, युवाहरुको चाहना र यहाँको आवश्यकता बमोजिम बिर्तामोड उद्योग बाणिज्य संघको अबको नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिएको छु ।

हरि प्रसाईलाई आम उद्योगी व्यवसायीका वीच कसरी चिनाउनु हुनछ ?
बिर्तामोड(५मै जन्मिएर यहीको माटोमा खेलेर कानून विषयमा स्नातकसम्मको अध्ययन गरी साढे तीन दशकदेखि बिर्तामोडमै उद्योग र व्यवसाय सञ्चालन गरेर सक्रिय छु । एनके टूेडर्स र एचएमएन फुड एण्ड वेभवरेज इण्डस्टूीज (तृष्णा प्रशोधित पिउने पानी) को सञ्चालक रहेको छु । मेची डिलर्स एशोसिएसनमा तीन कार्यकालदेखि सदस्य छु । बिर्तामोड उद्योग बाणिज्य संघको २०६४ सालदेखि सदस्य तथा विराट(भरत विश्रान्तिको सदस्य छु । सामाजिक, धार्मिक र व्यवसायिक क्षेत्रमा क्रियाशील छु । उद्योगी व्यवसायीको हितका साथै संघको कुशल नेतृत्व गर्न सक्ने क्षमता मसंग छ । त्यसैकारण बिर्तामोड उद्योग बाणिज्य संघको माध्यमबाट आम उद्योगी व्यवसायीको हितमा समर्पित हुन सक्ने व्यक्तित्वको रुपमा अध्यक्ष पदका लागि मैले आफूलाई उभ्याएको छु ।

संघको निर्वाचन, पृष्ठभूमि र व्यवसायीको भूमिकालाई कसरी स्मरण गर्नुहुन्छ ?
बिर्तामोड उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आगामी साउन २२ गते निर्वाचन हुँदैछ । अनारमनी, चारपाने र गरामनी गाविस बिर्तामोड नगरपालिका भएपछि झापा उद्योग बाणिज्य संघको शाखाबाट नगरस्तरीय बाणिज्य संघको रुपमा रुपान्तरण भई विधान दर्ता समेत गरेर बिर्तामोड उद्योग बाणिज्य संघको रुपमा पहिलोपटक यो निर्वाचन हुन लागेको हो । यद्यपि यस संघको स्थापना झापाको उद्योग बाणिज्य संघ शाखा बिर्तामोडको रुपमा २०३८ सालमा भएको हो । बिर्तामोड र आसपासमा रहेका उद्योगी, व्यवसायीहरुले छाता संस्थाको रुपमा यस संघको स्थापना गरेको इतिहास छ । मुलुकमा अहिले परिवर्तनको गति तीब्र बनिरहेको छ । भर्खरै स्थानीय तहको दोस्रो चरणको निर्वाचन समेत सम्पन्न भइसकेको छ । यो बेलामा उद्योगी, व्यवसायीहरु तथा उद्योग बाणिज्य संघहरुको भूमिका अझ महत्वपूर्ण देखिँदै आएको छ ।

चुनावमा गइरहदा तपाइका मुख्य एजेण्डा के हो ?
बिर्तामोडलाई राजनीतिक दल र सरोकारवालाहरुसँगको समन्वयमा बन्द हड्ताल मुक्त नगर बनाउने, जवरजस्ती चन्दा आतंक बन्द गरी उद्योगी व्यवसायीको सुरक्षाको प्रत्याभूति गराउने मेरो प्रमुख एजेण्डा छ ।
व्यवसायीका अरु समस्यालाई कसरी लिनुभएको छ ?
धेरै समस्या छन् । अहिले व्यापार कम भएको र घरभाडा बृद्धि भएको सन्दर्भमा घरभाडा र व्यवसायबीच सन्तुलन कायम गर्दै घर धनी र व्यवसायीवीचको आपसी सम्बन्ध पनि सुमधुर बनाउने , घरवहाल करलाई व्यवस्थित गर्दै व्यवसायीको हितमा निर्णय गरी कार्यान्वयन गर्ने,
बिर्तामोडको प्रमुख समस्याको रुपमा रहेको सवारी पार्किᆰलाई सरोकारवालाहरुसँगको समन्वयमा व्यवस्थित गर्न पहल गर्ने छु ।
व्यवसाय प्रवद्र्धनका लागि के गर्नुहुनछ ?
बिर्तामोड र आपसपासको व्यवसाय चौपट भइरहेको तर भारतको पानीट्यांकी, नक्साल र शिलगढीमा नेपाली ग्राहकका कारण व्यापार बढिरहेको छ । यो सन्दर्भलाई मनन गरेर बिर्तामोड क्षेत्रको व्यवसाय प्रबद्र्धनमा विशेष योजनासहित कार्य गर्नेछु । फुटपाथमा व्यवसाय गर्ने, कृषिथोकमा व्यवसाय गर्ने तथा अन्य खुद्रा व्यवसायीको समस्यालाई समेत संघको साझा समस्याको रुपमा मनन गरी समाधानको पहल गर्ने छु ।
यसबाहेक तपाईका अरु प्रतिवद्धता के छन् ?
अतिथि सदनलाई स्तरीय बनाउने,उद्योगी व्यवसायीबीचको आपसी सम्बन्धलाई सुमधुर बनाउँदै व्यवसायिक एकता कायम गर्ने,सरोकावालासँगको सहकार्यमा सुरक्षाको उचित प्रबन्ध र सडक बत्तीको विस्तार गरी राति अवेरसम्म पनि सुरक्षित र सहज रुपमा उद्योग व्यवसाय सञ्चालनको वातावरण बनाउने, फोहोर व्यवस्थापन, अन्धुवा खोला तथा बिर्तामोड नगर सरसफाई र व्यवस्थित गर्न सरोकारवालासँगको समन्वयमा काम गर्ने , बिर्तामोडलाई औद्योगिक नगरको रुपमा विकास गर्न भएका उद्योग व्यवसायको प्रबद्र्धनका साथै नयाँ उद्योग र व्यवसायमा लगानीको उचित वातावरण तयार गर्दै देशी तथा विदेशी निकायसँग सम्बन्ध र समन्वय स्थापित गर्ने योजना छ ।
विजयी भएमा संघको सेवालाई कसरी अघि बढउनुहुनछ ?
उद्योगी व्यवसायीका कानूनी र कर सम्बन्धी समस्याका समाधानका लागि सरोकारवालाबीच अन्तरक्रिया, कर सप्ताह, तालिम, सेमीनार सञ्चालन गरिनेछ । बिर्तामोडका उद्योगी व्यवसायीलाई बिर्तामोडमै सहज ढंगले सेवा प्रवाह गर्न स्थायी लेखा नम्बर (पान) नवीकरण, वितरण र नाप तौल सम्बन्धी सामग्रीको अध्यावधिको व्यवस्था मिलाइनेछ । संघको आन्तरिक व्यवस्थापनलाई व्यवस्थित गरी छितो, छरितो, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गरिनेछ ।
उद्योगी व्यवसायीको समस्या समाधान गर्न परामर्श सेवा एवम् हेल्प लाइन सञ्चालन गरिनेछ ।
शिक्षा, स्वास्थ्य, पर्यटन र व्यापार क्षेत्रमा बिर्तामोडलाई पूर्व क्षेत्रकै नमूना केन्द्रको रुपमा विकसित गर्ने पहल गरिनेछ । सबै उद्योगी व्यवसायीको छाता संस्था र आस्थाको केन्द्रको रुपमा संघलाई स्थापित गरी संघमा यस क्षेत्रका सबै उद्योगी व्यवसायीलाई आवद्ध गराउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ । व्यवसायीको आकस्मिक दुर्घटना एवम् अन्य कारणबाट हुने जनधनको क्षतिमा राहत उपलब्ध गराउन आपत्कालीन राहत कोष स्थापना गरिनेछ ।
वीरता जेसीज, वीरता लेडी जेसीज, रेडक्रस सोसाइटी, लायन्स क्लब, रोटरी क्लब, रोटरी क्लब अफ मिडटाउन, रोटटूयाक क्लबहरु, राउण्ड टेवल अफ बिर्तामोड, निर्माण व्यवसायी संघ, मारवाडी सेवा समिति, मारवाडी युवा मञ्च, मारवाडी महिला मञ्च, मारवाडी कन्या मञ्च, द रिभरसाइड युथ फाउण्डेशन, छठ सेवा समाज लगायत सामाजिक तथा धार्मिक, समुदाय विशेषका संघ(संस्थासँग समन्वय गरी सामाजिक क्षेत्रमा विविध गतिविधि सञ्चालन गरिनेछ ।
बिर्तामोड क्षेत्रका व्यवसायिक, पेशागत संघ(संस्थासँग समन्वय गरी भयरहीत व्यवसायिक वातावरणको विकास गरिनेछ । संघको कार्यालयमा व्यवस्थित सूचना डेस्कको स्थापना गरिनेछ ।
नेपाल सरकारका व्यवसायिक नीति नियमहरु, आयकर, मूल्य अभिबृद्धि कर, अन्त शुल्क सम्बन्धी नीति नियमहरु सबै तहका व्यवसायीहरुलाई सहज रुपमा जानकारी गराउन तथा समय(समयमा अन्तरक्रिया र भेलाको आयोजना गरी बिर्तामोड उद्योग बाणिज्य संघमा सामुहिक नेतृत्व प्रणालीको विकास गर्दै सबै उद्योगी व्यवसायीहरुको साझा एवम् संरक्षण संस्थाको रुपमा उभ्याइनेछ । संघका हरेक गतिविधिलाई आम उद्योगी व्यवसायी समक्ष पुᆬयाउन नियमित बुलेटिन प्रकाशन र रेडियो कार्यक्रम सञ्चालन गरिनेछ ।

अरु योजना के छ ?
यदि मलाई विश्वास गरेर मत दिनुभयो र विजयी गराउनु भयो भने आम उद्योगी व्यवसायीको भावना र सुझावलाई सर्वोपरी ठानी यस प्रतिबद्धता एवम् योजनालाई आवश्यकता बमोजिम परिमार्जन गरेर अघि बढ्ने छु ।

तपाईंको जितको आधार के हो ?
सबै पुराना अनुहारका छन् उम्मेदवार । उनीहरुको काम व्यवसायीले हेरिसकेका छन् । नयाँ र काम गर्न सक्ने क्षमता भएका कारण यो पटक आम व्यवसायीले मलाई मतदान गर्दैहुनुहुन्छ । म वर्षौदेखि यस क्षेत्रका व्यवसायी संग घनिष्ठ सम्वन्ध बनाएर बसेको तथा व्यवसाय हिसाबले पनि मेरो धेरै व्यवसायीसंग सम्वन्ध, कारोबार र सञ्जाल रहेको छ । यो नै मेरो जीतको आधार हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर