Aamsanchar

जनप्रतिनिधि दलगत स्वार्थबाट माथि उठ्न सक्नुपर्छ

Author Image
मङ्गलवार, साउन २४, २०७४

[नरेन्द्र ढकाल]

निकै लामो समयमको जनप्रतिनिधि विहिनता पश्चात बल्ल तल्ल स्थानीय निकायको निर्वाचन सम्पन्न भएको छ । सात प्रदेश मध्ये ६ प्रदेशमा सकिए पनि बाँकी एक प्रदेश अर्थात प्रदेश नम्बर २ मा असोज २ गतेका लागी मिति घोषणाा गरिएको छ । यसरी लामो समयपछि भएको स्थानीय तहको निर्वाचनमा जनताको सहभागिता उत्साहजनक रुपमा देखियो भने जनअपेक्षा पनि धेरै देखिएको छ ।

दोश्रो चरणको निर्वाचन सकिएको करिब तीन साता पुगि सकेको छ तर जनताका प्रतिनिधिहरुले कामको मेसो पाएका छैनन् । उनीहरु सम्मान र भाषणमा ब्यस्त देखिएका छन् । जनताको काम गर्ने भन्नेहरुले अहिले सम्म सिन्को समेत नभाँचेको देख्दा जनताले पुन आशंका ब्यक्त गर्न थालेका छन् । कतै यनीहरु प्नि ठूला भनाउदा नेताहरु जस्तै आश्वासन मात्र बाँडने भन्ने प्रश्न पनि खडा भएको छ ।

चुनावताका समयमा आफ्नो घोषणा पत्रमा स्र्माट सिटी बनाउछु भन्नेहरु चुनावमा पराजय भोगेपछि कुन दुलो पसे त्यो कसैलाई पत्ता छैनन् । आधुनिक सुविधा सम्पन्न शहर बनाउछु भन्नेहरुको हविगत पनि त्यस्तै रहेको छ । जनताको काम गर्ने भनेर चुनिएका जनप्रनिनिधिले भाषण र सम्मान थाप्ने बाहेक काम नै गरेका छैनन् । केहीले अफिस जानुपर्ने भयो भन्ने सोच्न थालेका छन् भने धेरै अलमलमा नै रहेका छन् ।
चुनाव जीत्नेहरु विभिन्न गफ दिन भ्याई नभ्याईमा रहेका छन् भने हार्नेहरु अन्तरघात भयो भनेर रुवाबासी गरिरहेका छन् । आफुले जीतेमा सबै राम्रो हारेमा सबै नराम्रो भन्ने कुरालाई सबै स्थानीय नेताहरुले बुझन आवश्यक छ । साथै निर्वाचित प्रतिनिधिहरुले दलको प्रतिनिधिको हिसावमा होएन सबै दल तथा सबै जनताको साझा ब्यक्तिको रुपमा आफुलाई उभ्याउन सक्नु पर्छ तब मात्र स्थानीय तहको विकासले गति लिने छ । तर राजनीतिक स्वार्थ बोकेर काम गरेमा जनताले अर्को पटकको निर्वाच्चमा लोप्पा खुवाउने छ ।

देशले धेरै ठूला अप्ठ्याराहरुको सामना गरेको छ । १० वर्षसम्मको सशस्त्र संर्घाष, विभिन्न आन्दोलन, भूकम्प, नाकाबन्दी लगायतका धेर्र कठिनाईहरु ब्यर्होदै आएको छ । तर यस्ता जटिलताका बिच पनि नयाँ संविधान दिएर नेताहरुले देशको राजनीतिलाई स्थिरता प्रदान गरेका छन् । यो सबै नेपालीका लागी सुखद् खबर हो । नयाँ संविधानलाई नै स्थायित्व प्रदान गर्दै नेपाललाई संघिय संरचना अनुसार अगाडी बनाउने काम गरिएको छ । त्यस्कै नमुनाको रुपमा गत वैशाख ३१ र असार १४ गते सम्पन्न स्थानीय तहको जिर्वाचत हो ।

निर्वाचन सम्पन्न भएपछि अब नेताहरुले आफुले गगाडी जनाएका प्रतिबद्धताहरुलाई कार्यान्व्य गर्दै अगाडी बड्न आवश्यक रहेको छ । हामी सबैले चाहेका र सबैको साझा सवालहरुलाई जनप्रतिनिधिहरुले आफ्नो कामको पहिलो थालनीको रुपमा अगाडी बडाउन आवश्यक छ । झापा एक विकसीत जिल्लाकै रुपमा आफ्नो परिचय बनाएको जिल्ला हो तर स्थानीय स्तरमा यहाँका समस्या केलाउने हो भने धेरै रहेका छन् । ८ नगरपालिका र ७ गाँउपालिकाको अवस्थालाई मध्यनजर गरेर हेर्ने हो भने धेरै स्थानमा सडक, ढल, विजुली, फोहोर तथा सुकुम्बासी समस्या सबै स्थानको साझा समस्या रहेको पाइएको छ ।

यसरी समस्याको पहिचना भइसकेको अवस्थामा अब जनप्रतिनिधिहरुले जनताले महशुस गर्ने हिसाबले परिर्वतनका लागी काम गर्न आवश्यक रहेको छ । झापाका जनप्रतिनिधिहरुलाई भौगोलिक कठिनाई खासै छैन् मात्र काम गर्ने इच्छा शक्तिको खाँचो रहेको छ । सम्भावना बोकेको जिल्लाको रुपमा रहेको झापाको विकासका लागी जनप्रतिनिधिहरुले सक्रियता देखाएर सबै दलको भवनालाई सम्मान गर्दै अगाडी बड्न आवश्यक रहेको छ ।

नयाँ संविधानलाई स्थायीत्व प्रदान गर्दै समृद्ध नेपाल निर्माण गर्न सबै नेपालीले स्थानीय तहको निर्वाचनमा जसरी सहभागिता जनाए त्यसरीनै विकासका कामका लागी पनि सहयोग र खबरदारीमा तदारुपता देखाउन आवश्यक छ । आफुले चुनेका जनप्रतिनिधिहरुलाई बेलैदेखि नझक्झक्याउने हो भने विकासका काम कछुवाको गतिमा नै अगाडी बड्न सक्छ त्यसैले हामीले विकासलाई खरायोको चालमा लैजान निरन्तर खबरदारी गर्नुको विकल्प छैन् ।                                                                                                                              [email protected]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर