Aamsanchar

भीरबाट लडेर महिलाको मृत्यु /नदीमा एक युवा बेपत्ता

Author Image
बुधवार, साउन ३२, २०७४

नुवाकोट ।

नुवाकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने त्रिशूली नदीमा बगेर एक युवा बेपत्ता भएका छन् ।

शिवपुरी गाउँपालिका– ७ सुनखानी गुरुङगाउँका ५५ वर्षीया लालीमाया तामाङको घर नजिकैको जलेश्वर भीरबाट लडेर मृत्यु भएको छहरे प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक जयनारायण यादवले जानकारी दिनुभयो ।

हिजो साँझ घरायसी कामले त्यसतर्फ जानुभएकी उहाँ नफर्केपछि खोजी गर्ने क्रममा आज बिहान जलेश्वर प्रावि नजिकै भीरबाट लडेर बाटो भन्दा १५० मिटर तल मृत अवस्थामा भेट्टिएको थियो ।

यसैगरी सुर्खेत वीरेन्द्रनगर– ८ का रमेश मगरलाई त्रिशूली नदीले मंगलबार राति बगाउँदा बेपत्ता भएका छन् । नुवाकोट बेलकोटगढी नगरपालिका– ८ काशिटारमा त्रिशूली नदीबाट बालुवा झिक्ने क्रममा १८ वर्षका मगरलाई नदीले बगाएर बेपत्ता बनाएको हो ।

उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । नदीमा स्काभेक्टरको प्रयोग गरी अवैध रुपमा नदीजन्य सामग्रीे उत्खननका काम हुँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)